गोरखा । गण्डकी गाउँपालिकाको तोरी स्वाराँमा आज आगलागी भएको छ । आगलागीबाट गोठ जलेर पूर्ण क्षति भएको छ । तर मानविय क्षती भने हुन नपाएको वडाध्यक्ष कोकिल पुलामी मगरले जानकारी दिए ।
गण्डकी गाउँपालिका–८ स्थित तोरीस्वाँराका बिष्णु श्रेष्ठको घर संगै रहेको गोट मध्यान्ह्र करिब १२ः०६ बजे आगलागी हुँदा पूर्ण क्षति भएको वडाध्यक्ष मगरले बताए ।
श्रेष्ठले गोठ भित्र भण्डारण गरेको अन्न, तथा लत्ताकपडा भने जलेर नष्ठ भएको छ । आगलागीको कारण भने खुल्न सकेको छैन ।
बिद्युत सट भएर आगलागी भएको हुनसक्ने स्थानीयबासीले अनुमान गरेका छन् ।
आगोलागी भएलगत्तै स्थानीयबासीले आगो नियन्त्रणमा लिन सफल भएका थिए । क्षतिको थप बिबरण आउन बाँकी नै रहेको छ ।
घटनास्थलमा प्रहरीको टोली पुग्न बाँकी रहेको वडाध्यक्ष मगरले जानकारी दिए ।


