साँकेतिक तस्बिर
गोरखा । चाडपर्वको मौका छोपी बढी भाँडा असुल गरेको अभियोगमा १ माइक्रोलाई प्रहरीले कारवाही गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका अनुसार गोरखा–काठमाण्डौं रुटको बा. ५ ख १०७४ नम्बरको माईक्रोलाई कारवाही गरिएको हो ।
दरौदी यातायाता कम्पनी मार्फत सञ्चालित उक्त माईक्रोले भाँडा दर भन्दा पनि ४२० रुपैयाँ प्रति ब्यत्ति बढी लिएको गुनासोका आधारमा कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
गोरखा–काठमाण्डौं रुटको लागि नेपाल सरकारले तोकेको ५८० रुपैयाँ लिनुपर्नेमा मंगलबार काठमाण्डौंबाट लिएर आएको सबै यात्रु संग १००० दरले भाँडा असुल गरेको गुनासोका आधारमा माईक्रोलाई नियन्त्रणमा लिएर सबै यात्रुलाई बढी रकम फिर्ता गर्न लगाएको र माईक्रोलाई पहिलो पटक ५००० जरिबाना गरेर छाडिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी लिलाराज लामिछानेले बताए ।
मंगलबार राजधानीबाट गोरखा तर्फ आउदै गरेको उक्त माईक्रोमा यात्रा गरेका यात्रु मध्ये १ जनाले बढी रकम असुलेको बारेमा प्रहरीलाई जानकारी गराए पछि माईक्रोलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा गल्ती स्विकार गरेकोले पहिलो पटक सचेत गराएर सामान्य जरिवानामा छाडिएको प्रहरी उपरिक्षक केदार खनालले बताए ।
प्रहरीले चाडपर्वका बेला यस्ता गतिविधी हुन सक्नेभन्दै कुनै पनि सवारीले बडी भाँडा असुल गरेको भए यात्रुलाई प्रहरीको कन्ट्रोलको १०० वा ०६४–४२०१९९ वा ९८५६०९०२५५ मा खबर गर्न पनि गोरखा प्रहरीले अनुरोध गरेको छ ।


