गोरखा । आसन्न प्रतिनिधी तथा प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फको मतपत्र गोरखा सदरमुकाम आइपुगेको छ । मंसीर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि आइतबार समानुपातिकतर्फको मतपत्र आइपुगेको हो ।
क्षेत्र नम्बर १ र २ लाई पुग्ने गरी समानुपातिक मतपत्र आइतबार आईपुगेको निर्वाचन कार्यालयका सुचना अधिकारी रविलाल सुवेदीले जानकारी दिए ।
मतपत्र सुरक्षाकर्मीको निगरानीमा ट«कमा ल्याइएको थियो । गोरखामा ३१७ मतदान केन्द्र र २२२ मतदान स्थल तोकिएको छ ।
कार्यालयका अनुसार मतदाता शिक्षाकालागि केही पर्चा पम्पलेट पनि आईपुगेको छ ।


