×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ७ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • १० घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १२ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १२ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १२ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १३ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • २ दिन अघि

गोरखाको सम्बृद्धिमा प्रचण्डका ३० बढी रणनीतिक योजना प्राथामिकतामा (याेजना सहित)

  •  गोरखा समाचार
  • सोमबार, कार्तिक ०७, २०७९ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर २ का सत्ता गठबन्धनका साँझा उम्मेदवार नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले ३० भन्दाबढी योजनालाई प्राथामिकतामा राखेर चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

    अध्यक्ष प्रचण्डले गोरखा समृद्धिको मार्गचित्र नाम दिएर गोरखा जिल्लाको मुहार फेर्न सकिने खालका योजनाहरुलाई मुख्य प्राथामिकतामा राखेर आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।

    उनले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा १७ ओटा योजनाहरुलाई गुणात्मक योजनाहरु अर्थात गेमचेन्जर योजना र १३ ओटा नियमित योजना राखेका छन् । झण्डै ८ पृष्ठको लामो प्रतिबद्धता पत्रमा गोरखा जिल्लालाई तिव्र बिकास गर्न सकिने महत्वपूर्ण योजनाहरुलाई गेमचेन्जर योजनाहरुको रुपमा प्रतिबद्धता पत्रमा समेटिएको अध्यक्ष प्रचण्डका चुनावी कमाण्डर समेत रहेका नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य हरिराज अधिकारीले जानकारी दिए ।

    प्रतिबद्धतामा गेमचेन्जर योजनाहरुमा संविधानमा भएको व्यवस्था अनुसार जिल्लाको चुमनुब्री गाउँपालिका र धार्चे गाउँपालिकाको निश्चित भू–भागलाई विशेष, स्वायत्त वा संरक्षित क्षेत्र घोषणा गर्न पहल गर्नेदेखि लिएर राष्ट्रिय गौरवको बहु–उद्वेश्य योजना अन्तरर्गत रहेको १२ सय मेघावटको बुढीगण्डकी जलविद्युत आयोजना निर्माण कार्य तत्काल अघि बढाउनेसम्मका योजनाहरु समेटिएका छन् ।

    सोही प्रतिबद्वता पत्रमा देशकै रणनीतिक महत्वको रुपमा रहेको बेनीघाट–आरूघाट–आरर्खेत–लार्के (रुइला नाका) सडक खण्ड निर्माण कार्य पूरा गर्ने प्रतिबद्धता पनि प्रचण्डले समावेश गरेका छन् ।

    लिगलिगकोट–सिरानचोक–गोरखा दरबार–मनकामनालाई जोडेर ऐतिहासिक, धार्मिक तथा पर्यटकिय गन्तव्यमा राख्दै पर्यटन सर्किटको रुपमा बिकास गर्ने र गोरखा र उत्तरी गोरखालाई हिमालय पर्यटनको रुपमा बिकास गर्ने योजना अध्यक्ष प्रचण्डले सार्वजनिक गरेको प्रतिबद्वता पत्रका छ ।

    उनले सार्वजनिक गरेको गेमचेन्जर योजनाहरुमा चुमभ्याली र नुब्री भ्यालीलाई हिमाली शहरको रुपमा बिकास गर्ने, रुइला नाका नियमित रुपमा सूचारु हुने सुनिश्चिता सहित नुब्री क्षेत्रमा अन्तरदेशीय सुख्खा बन्दरगाह स्थापना गरिने र पालुङटार एयरपोर्टलाई पुनःसञ्चालन गरी व्यवस्थित गरिने उल्लेख छ ।

    त्यस्तै गरी, मध्यपहाडी लोकमार्गमा पर्ने सबै सडकलाई कालोपत्रे गर्ने, जिल्लाका सवै पुग्ने सडक निर्माण गरेर कालोपत्रे गर्ने उल्लेख छ ।

    पालुङटार नगरपालिकाको गाईखुर–च्याङ्ली क्षेत्रमा राज्यले घोषणा गरेको औधोगिक क्षेत्र निर्माण कार्यलाई अघि बढाइने तथा सिउरेनीटारदेखि पालुङटारसम्मको पृथ्वीराजमार्गको बैकल्पिक राजमार्ग निर्माण गर्न बिशेष पहल गरि पनि प्रतिबद्धतामा समेटिएको छ ।

    एक घर, एकधारा खानेपानीको लक्ष्य सहित गोरखाबासीहरुमा स्वच्छ खानेपानी पु¥याउन पहल गर्ने, जिल्ला भित्रका टारहरुलाई सदुपयोग गरी उत्पादन बृद्धिका लागि लिफ्टिङ, पम्पिङ तथा नहरहरुको योजना मार्फत सिंञ्चाईलाई व्यवस्थित गरी उत्पादनमा जोड दिने पनि सार्वजनिक भएको प्रतिबद्वता पत्रमा उल्लेख गरिएको छ ।

    उनले कृषि, पशुपालन, जडीबुटी, फलफूल खेती, अलैंची खेती, सुन्तला खेती, घरेलु हस्तकला, होमस्टे, साना उद्योग तथा घरेलु उद्योगहरूको प्रवद्र्धन गर्दै स्थानीय स्तरमा युवाहरूलाई स्वरोजगारी हुने अवशर प्राप्त हुने योजना र कार्यक्रमहरु अघि बढाउने उल्लेख छ ।

    अध्यक्ष प्रचण्डले गोरखा क्षेत्र नम्बर २ लाई मात्र नभएर समग्र गोरखाको बिकास गर्ने गरी प्रतिबद्धता आएको केन्द्रीय सदस्य अधिकारीको धारणा रहेको छ ।

    सिर्दीबास, माछीखोला, बारपाक, भच्चेक क्षेत्रमा हिमाली क्षेत्रका जडीबुटी संरक्षण, संकलन र प्रशोधन केन्द्र स्थापना गरी सो क्षेत्रलाई जडीबुटी विशेष क्षेत्रको रुपमा विकास गर्ने प्रतिबद्धता अध्यक्ष प्रचण्डले राखेका छन् । उनले सार्वजनिक गरेको नियमित प्रकृतिका योजनाहरुमा प्रभावकारी ढंगले सम्पन्न गर्न, पालुङटार–हर्मी–छोप्राक–गाँखु–श्रीनाथकोट–जौवारी–रातामाटा–मुच्चोक–सिम्जुङ–ध्याच्चोक क्षेत्रलाई वैकल्पिक सहायक राजमार्ग निर्माण गरी कालोपत्रे गर्ने प्रतिबद्धतामा उल्लेख छ ।

    उता मस्र्याङदी–चेपे र दरौदी करिडोर अन्तरर्गतको मुख्य सडक र यस अन्तरर्गतका ग्रामिण क्षेत्र जोड्ने शाखा सडकहरुलाई कालोपत्रे तथा स्तरोन्नतीमा जोडदिने, बाह्रकिलो–छेवेटार–भालुस्वाराँ–बारपाक, लाप्राक हुदै गुम्दाबाट माछाखोलासम्मको सडकलाई कालोपत्रे गर्न आबश्यक पहल गर्ने, जिल्ला भित्रका स्वास्थ्य संस्थालाई स्तरोन्नती, आर्यर्बेद औषधालयको बिकास, बिज्ञान र प्रबिधिको क्षेत्रलाई बिकास गरिने पनि प्रतिबद्धता पत्रमा समावेश गरिएको छ ।

    समाजमा भएका फरक क्षमतालाई व्यक्तिहरुको समग्र बिकासमा बिशेष योजना निर्माण गर्ने, स्वास्थ्यको निम्ति खेलकुद भन्ने नारालाई आत्मासाथ गर्दै सवै पालिकामा पालिका स्तरको खेलकुद क्षेत्रको बिकास गर्ने, गोरखाको पालुङटार नगरपालिकाको च्याङ्लीमा कृषि अध्ययन अनुसन्धान केन्द्र निर्र्माण र ध्याम्पेसाल–बारपाक सडक खण्डलाई स्तरोन्नती गर्न आबश्यक पहल गर्ने प्रचण्डले जारी गरेको प्रतिबद्धता पत्रका उल्लेख गरिएको छ ।

    प्रचण्डले सार्वजनिक गरेको प्रतिबद्धता अनुसार काम भएको खण्डमा जिल्लाको मुहार फेरिने र युवा युवातीहरु रोजगारीको लागि विदेश पलाएन हुने अवस्थाको पनि अन्त्य हुने र यही पुस्ताले बिकासको अनुभव गर्ने विज्ञहरु बताउछन् ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    सोमबार, कार्तिक ०७, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.