गोरखा । गोरखा अस्पतालमा कार्यरत १ जना चिकित्सकलाई युवाहरुको एक जमातले कुटपिट गरेका छन् । अस्पतालमा कार्यरत डाक्टर अविनाश पराजुलीलाई उक्त समूहले कुटपिट गरेको हो ।
कुटपिट लगत्तै फरार रहेका युवाहरुको समूहलाई गोरखा प्रहरीले खोजी सुरु गरेको प्रहरी उपरिक्षक केदार खनालले बताए । ‘घटना लगत्तै हामीले सिसिटिभी फुटेज हेरेर संलग्नहरुको पहिचान गरेका छौ’ प्रउ खनालले भने ‘उनीहरुको ब्यापक रुपमा खोजी भई रहेको छ ।’
डा.पराजुलीलाई गोरखा नगरपालिका ९ का २ जना युवा र ५ का १ युवकले कुटपिट गरेर फरार भएको प्रहरीले जनाएको छ ।
आइतबार अस्पतालमा काम गरीरहेका डा.पराजुलीलाई एक्कासी ति युवाहरुले कार्यकक्षमा नै चुकुल लगाएर कुटपिट गरेको गोरखा अस्पतालका सूचना अधिकारी कृण्ण ढकालले जानकारी दिए । ढकालका अनुसार घटना लगत्तै अस्पताल बिकास समिति र चिकित्सकहरुको संयुत्त बैठकले दोषीलाई तत्कालै कानूनी दायरालमा ल्याउन माग गर्दै प्रहरीमा उजुरी समेत दिएको छ ।
घटना हुनुभन्दा पूर्व १ जना महिला थाइराइडका समस्या लिएकार आएको र उनलाई १० दिन पछि सम्र्पक राख्न आउनुभन्ने बित्तिकै ति महिला डाक्टर पराजुलीको कार्यकक्षबाट निश्किएको एकै छिनमा युवाहरुको समूहले १० दिन पछि किन भन्दै कुटपिट गरेको बुझन आएको प्रहरी उपरिक्षक खनालले बताए ।
प्रउ खनालका अनुसार दोषीलाई उन्मुक्ती दिन सोमबार केही समूह प्रहरी कार्यालय आएको भएता पनि आफुले उनीहरुलाई कुनै पनि हालतमा कानूनी दायरामा ल्याउने जवाफ दिएका थिए ।
२ वटा मोटर साइकलमा आएका युवाहरुको समूह डाक्टर पराजुलीलाई कुटिपिट गरे लगत्तै फरार भएका थिए । उनीहरुको खोजीमा जिल्ला बाहिर र जिल्ला भित्र ब्यापक रुपमा प्रहरी परिचालन गरिएको छ ।
डा.पराजुली भने सामान्य अवस्थमा रहेको र काममा फर्किएको गोरखा अस्पतालले जनाएको छ ।


