साँकेितिक तस्बिर
गोरखा । गोरखाको आरुघाट क्षेत्रमा फेला परेको मृत्त चितुवा ब्यवस्थापन गरिएको छ । आरुघाट गाँउपालिका–७ को बगरे खोल्छीमा मृत्त फेला परेको पोथी चितुवाको डिभिजन बन कार्यालय गोरखाले ब्यवस्थापन गरेको कार्यालयका सुचना अधिकारी महेश पौडेलले जानकारी दिए ।
अन्दाजी १० बर्षे पोथी चितुवा एक अर्का संग भिडने क्रममा मरेको हुन सक्ने अनुमान कार्यालयले गरेको छ । मृत्त चितुवाको लम्बाई ५ फिट ९ इन्च र उचाई ३ फिट भएको पनि कार्यालयले जानकारी दिएको छ ।
३५ केजि तौलको चितुवालाई कार्यालयले ब्यवस्थापन गरेको हो । स्थानीयले मृत्त चितुवा फेला पारे पछि आरुघाट प्रहरीलाई खबर गरेको र प्रहरीले डिभिजन बन कार्यालयलाई खबर गरेको थियो ।
खबर पाए लगत्तै डिभिजन कार्यालयका टोली पुगेर चितुवाको उद्धार गरी सुरक्षित स्थानमा व्यवस्थापन गरिएको सुचना अधिकारी पौडेलले जानकारी दिए ।


