सन्दर्भ तस्बिर
गोरखा । गोरखा सदरमुकाममा तास खेल्ने ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार गोरखा नगरपालिका ६ को बिसौनी मोडमा रहेको एक होटलमा तास खेलिरहेका ५ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
प्रहरीले लापु होटल एण्ड लजमा तास खेलिरहेका ५ जना र उनीहरुको साथबाट नगद ५२ हजार ९०० बरामद भएको प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी लिलाराज लामिछानेले जानकारी दिए ।
पक्राउ परेका ५ जना बिरुद्व नै शुक्रबार नै जिल्ला प्रशासन कार्यालय गोरखामा जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसूर शिर्षकमा मुद्वा दर्ता गरी अनुसन्धानका लागि म्याद थप गरिएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले को को पक्राउ परे भन्ने बारेमा भने जानकारी गराएको छैन ।


