सन्दर्भ तस्बिर
गोरखा । उत्तरी गोरखामा मृत्त फेला परेका १ ब्यक्तिको ३ दिन पछि मात्र उद्वार गरिएको छ । सुतिरहेको अवस्थाा लेक लागेर मृत्यु भएका ति ब्यक्तिको शनिबार बिहान अन्नपूर्ण एयर मार्फत उद्वार गरेर गोरखा सदरमुकाम ल्याइएको हो ।
बारपार सुलिकोट गाउँपालिका–१ को बुद्व हिमाल रुबिनाला हाईक्याम्पमा रहेको स्थानमा पदमार्ग निर्माण गर्न पुगेका चुमनुब्री गाउँपालिका–३ सिर्दीबास फिलिम ठाक्पा गाउॅको २९ इमान गुरुङको सुतिरहेको अवस्थामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक केदार खनालले जानकारी दिए ।
उनका अनुसार बिहीबारदेखी नै विभिन्न कम्पनीको हेली संग कुराकानी भएको भएता पनि शनिबार मात्र अन्नपूर्णले गुरुङको शव उद्वार गरी गोरखा सदरमुकाम ल्याएको हो । गुरुङको शनिबार नै गोरखा अस्पतालमा पोष्टमार्टम गरी सिर्दीबास लगेर उनको परिवारलाई बुझाईने गोरखा प्रहरीले जनाएको छ ।
उक्त क्षेत्रमा कल्पबृक्ष विल्डर्स प्रालिले पदमार्गको ठेक्का लिएर काम गर्दै आएको छ । २५ जनाको समूहमा रहेका कामदारहरु मध्ये गुरुङलाई लेक लाग्दा मृत्यु भएको थियो ।


