गोरखा । गोरखामा हिजो साँझ ट्याक्टर दुर्घटना हुदा चालकको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ५ जना घाईते भएका छन् । भीमसेन थापा गाउँपालिका–६ को जमुने डाँडामा ना. ६ च ५८६९ नम्बरको ट्याक्टर दुर्घटना हुदा चालक सुनिल भट्टको घटना स्थलमा नै मृत्यु भएको हो ।
स्थानीय समिर खनालले दिएको जानकारी अनुसार शुक्रबार साँझ करिब ७ंः१५ बजे पराल लिन जाँदै गरेको ट्याक्टर एक्कासी दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परि ट्याक्टर चालक भीमसेन थापा गाउँपालिका–६, अश्राङका भट्टको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक केदार खनालले बताए । ‘खेतमा रहेको धान र पराल ल्याएर पुनः लिन जाने क्रममा ओरोलो सडकमा तिब्र गतिका कारण दुर्घटना भएको’ प्रहरी उपरिक्षक खनाले बताए ।
ट्याक्टरको अघिल्लो भागले च्यापेर भट्टको घटना स्थलमा नै मृत्यु भएको गोरखा प्रहरीले जनाएको छ । घटना पछि गोरखा सदरमुकामबाट गएको प्रहरीको टोलीले मृत्तक चालकको शव गोरखा अस्पताल ल्याएको प्रहरीले जानकारी दिएको छ ।
सोही दुर्घटनामा परि अन्य ५ जना घाइते भएका छन् । घाइते सवैको उद्धार भइसकेको र उनीहरुको गोरखा अस्प्तालमा उपचार पछि शनिबार बिहान २ बजे घर फर्किएका छन् ।


