गोरखा । गोरखामा कार्यरत प्रहरी सहायक निरिक्षक बैजनाथ लोनिया सम्मानित भएका छन् । उनलाई गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराबाट असोज महिनाको उत्कृष्ट प्रहरीको रुपमा सम्मानित गरिएको हो ।
प्रहरी चौकी बारपाकमा कार्यरत प्रसनि बैजनाथलाई गण्डकी प्रदेशकोकै उत्कृष्ट प्रहरीमा सम्मानित गरिएको जिल्ला प्रहरी कार्यायल गोरखाका प्रहरी प्रमुख केदार खनालले जानकारी दिए ।
प्रहरी नायव महानिरिक्षक रामदत्त जोशीले बैजनाथलाई गण्डकी प्रदेशकै उत्कृष्ट प्रहरीको रुपमा सम्मान गरेका थिए । उनले पाएको सम्मान पत्रमा ‘साँगठानिक नीति निर्देशन बमोजिम दिएको जिम्मेवारी तथा पदिय दायित्वलाई कर्तब्यनिष्ठ भई ईमान्दारी, बफादारी तथा ब्यवसायिक सुझवुझका साथ चोरी भएका २ वटा मोटरसाईकलहरु वरामद गरी सम्बन्धित धनीलाई बुझाएको’ उल्लेख गरिएको छ ।
साथै उक्त सम्मान पत्रमा ‘अवैध १ नाल सट गन र २४ थान गोली राउण्ड र ३५ थान गोलीका खोका, २ नाल भरुवा बन्दुक सहित ३ जना मानिस पक्राउ गरी कानूनी दायरामा ल्याई उत्कृष्ट कार्य गरेकोले निजबाट सम्पादित कार्यको उच्च मुल्याङ्कन गर्दै ‘महिनाको सर्वोतकृष्ट प्रहरी छनौट कार्यविधी–२०७९’ अनुसार २०७९ असोज महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरिएको छ’ भनिएको छ ।
गोरखा जिल्लामा प्रदेश स्तरको प्रहरी सर्वोत्कृष्ट भएको यो नै पहिलो भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।





















