गोरखा । गोरखा प्रशासनले रातीको ९ बजेपछि देउसी भैलो नखेल्न आग्रह गरेको छ । नजिकिदै गरेको शुभ दिपावलीको अवशरमा राति ९ बजेपछि देउसी भैलो नखेल्न जिल्ला प्रशासन कार्यालय गोरखाले आग्रह गरेको हो ।
प्शासनले सूचना जारी गर्दै राती ९ बजेपछि देउसीभैलो खेल्न नखेल्न र नखेलाउन भनेको छ ।
तिहारलाई लक्षित गरेर गरिएका देउसी भैलो कार्यक्रम गर्दा पटका, आतसवाजी, झिरझिरे, भुइचम्पा जस्ता विस्फोटक पदार्थको प्रयोग नगर्न पनि भनेको छ ।
त्यस्तै गरी जुवातास, कौडा नखेल्न र नखेलाउन भनेको छ । प्रशासनले जारी गरेको उक्त सूचनामा त्यस्ता कार्य गरे गरेको पाइएमा कानून बमोजिम कारवाही गर्ने उल्लेख गरिएको छ ।
प्रशासनले चाढबाडको बेला अखाद्य तथा रंग मिसाएको खाद्य पदार्थ उत्पादन र विक्री गरेको पाइएमा पनि कानून बमोजिम कारवाही गर्ने जनाएको छ । साथै ब्यापारीले म्याद गुज्रिएका र कमसल खाद्य बस्तु विक्री गरेको र तोकिय भन्दा बढि मुल्य लिनेको सूचना दिन भनेको छ ।
चाडपर्वमा नियमविपरीत काय गर्नेलाई कडा भन्दा कडा कारवाही गर्ने प्रशासनले जनाएको छ ।





















