गाेरखा । नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठले आजको मुख्य काम भनेको देशलाई समृद्व बनाउनु भएको बताए । ग्लोबर गोरखा समाजको अधिवेशनलाई संबोधन गर्दै नेता श्रेष्ठले त्यस्तो कुरा बताएका हुन् ।
पूर्व उप प्रधानमन्त्री तथा राष्ट्रिय सभाका सदस्य समेत रहेका श्रेष्ठले ‘समृद्विको फल आम जनताले उपभोग गर्न पाउनु पर्ने भन्दै नेता श्रेष्ठले ‘समृद्वि पनि नयाँ प्रकारको र नयाँ ढाँचाको बिकास तर्फ लक्षित हुन पर्ने’ बताए ।
समाजको तेस्रो अधिवेशनमा प्रमुख अतिथीका रुपमा बोल्दै नेता श्रेष्ठले ‘राजनैतिक परिवर्तन रानितिमा मात्र सिमित राख्नु हुदैन’ भन्दै नेता श्रेष्ठले ‘राजनैतिक परिर्वतनलाई माध्याम र साधान बनाएर आम जनताले हामीले पनि राजनैतिक परिवर्तनबाट यति चिज पायौं भन्ने अनुभूति दिनुपर्ने’ बताए ।
सोही अधिवेशनमा नेपाली काँग्रेसकी नेतृ तथा राष्ट्रिय सभा सदस्य कमला पन्तले समाजले हालसम्म गरेको कामको प्रशंसा गर्दै जिल्लामा आत्महत्याको केश डरलाग्दो गरी बृद्वि हुदै गएकोमा चिन्ता ब्यक्त गरिन । पन्तले न्यूनिकरणका लागि सरकार आफैले काम गनुपर्ने भएता पनि सामाजिक संघ संस्थाले पनि यस्ता कार्यमा सहयोग गर्न अपिल गरिन ।
नेतृ पन्तले बेनीघाट–आरुघाट–आरर्खेत–लार्के भञ्ज्याङ सडक अपेक्षाकृत चाढो नबन्दा उत्तरी गोरखाका सर्व साधारणले सास्ती ब्यर्होनु परेकोमा चिन्ता समेत ब्यक्त गरिन ।
कार्यक्रममा ग्लोबल गोरखा समाजका संरक्षक रामप्रताप थापा, जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापा मगर, गोरखा नगरपालिका प्रमुख कृण्णबहादुर थापा मगर र उप प्रमुख मसलीमायाँ थोकर पुन, पालुङटार नगरपालिकाका प्रमुख विवश चिन्तन र पंडित दिनबन्धु पोखरेलले शुभ कामना मन्तब्य राखेका थिए ।
अधिवेशनको उदघाट्न सत्रमा संस्थापक अध्यक्ष जयप्रकाश गुरुङ र संरक्षक थापालाई सम्मान पत्र प्रदान गरिएको समाजका अध्यक्ष बिनय अधिकारी जानकारी दिए ।




















