गोरखा । जिल्लाको बुंकोट क्षेत्रमा रहेको मकैपुरमा बुधबार मिनिट्रक र मोटरसाइकल एक आपसमा ठोकिदा मोटर साइकल चालक घाईते भएका छन् ।
शहिद लखन गाऊपालीका–७ को बुङकोट, मकैपुर खल्लु पधेरा नजिकै बुधबार भएको दुर्घटनामा परी गोरखा नगरपालिकामा कार्यरत शिक्षा शाखा प्रमुख विश्वनाथ वाग्ले घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
गोरखा बजारबाट बुङकोटको खाब्दि भन्ज्याङ तर्फ जादै गरेको ञ. १ क २८११ नम्बरको मिनि ट्रक र बुंकोट बाट आउदै गोरखा बजार तर्फ आउदै गरेको ना. ३५ प १५२३ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिएको थियो ।
साँझ पख भएको उक्त घटनामा परी घाइते वाग्लेको दायँ हातमा गंभिर चोट लागेको र खुट्टामा पनि चोट लागेको प्रहरीले जानकारी दिएको छ । घाइते वाग्लेको गोरखा अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि चितवन लगिएको गोरखा प्रहरील्े जनाएको छ ।
सोही मोटरसाइकलमा सवार अन्य १ ब्यक्तिलाई भने सामान्य चोट लागेको र उपचार पछि घर फर्किएको पनि प्रहरीले जानकारी दएिको छ ।


