×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

‘बुढापुस्तालाई हेप्ने अब्दुसमा उत्साह भन्दा अराजकता बढी : उमेरमा युवा सोचमा प्रतिगामी’

  •  गोरखा समाचार
  • मङ्गलबार, कार्तिक ०१, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    दीपक जलन

    निर्वाचनका बेला उमेद्वारहरुले जनताको मन जित्नका लागि हरदम प्रयास गर्ने कुरा कुनै अनौठो बिषय होइन । बिचार, सिद्धान्त, बर्ग, समाज र जनताका आबश्यकताको पहिचान गरी सशक्त ढंगबाट उमेद्वारहरुले आफ्नो योजना, रणनीति र दीर्घकालिन सोचलाई जनता माझ पु¥याउने र यसैबाट जनताको मन जितेर निर्वाचनमा आफूलाई अब्बल सावित गर्न प्रयास गर्ने बिषय प्रमुख बिषयहरु नै हुन् ।

    अधिकांस उमेद्वारहरु निर्वाचनमा यहीँ सोचका साथ होमिएका हुन्छन् र हुनुपर्छ पनि । निर्वाचनका बेला एकले अर्कालाई बैचारिक टिप्पणी गर्नु, प्रतिक्रियाहरु सार्वजनिक गर्नु सामान्य नै हुन् । अझ बिशेष गरी पछिल्लो राजनीतिक परिवर्तनबाट जनताले चाहेका परिवर्तन सोचेको गतिमा हुन नसकेपछि एक प्रकारको बितृष्णा पैदा भइरहेको कुरा पनि सत्य हो । त्यसकारण जनतामा नयाँ सोच, दृष्टिकोण र दृढइच्छा शक्ति भएका युवाहरुको खोजी हुनु स्वभाविक नै छ ।

    पछिल्लो पटक एमालेबाट गोरखा क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा तर्फ उमेद्वार बनेका अब्दुस मियाँ आफूलाई त्यहि सेरोफेरोमा उभ्याउन चाहान्छन् । तर उनका पछिल्ला अभिव्यक्तिहरुले अहिले उनि आफै नराम्रोसंग गाँजिएका छन् । आफू युवा भएको, यो देशको परिवर्तन गर्न सक्ने म मात्र भएको र म बाहेक अरु कोहीबाट पनि सम्भव छैन भन्ने अहमता झल्कने खालका उनका टिप्पणीले व्यक्ति युुवा भएपनि सोचमा पुरातनवादी र प्रतिगामी देखिनु स्वाभाविक नै हो । राजनीति गर्ने भनेर राजनीतिमा होमिएका एउटा २९ बर्षका ठिटोमा उत्साह हुन त पर्छ नै तर अराजकता होइन । अब्दुसमा पछिल्लो पटक उत्साह भन्दा अराजकता बढी पछि सामाजिक सञ्जालमा उनि माथि गाली ओइरो नै लाग्न थालेको छ ।

    तर आफ्ना अभिव्यक्ति र व्यवहार भने पुरातन हुने र उमेर मात्र युवाहरु हुनुले युवा ठान्न सकिन्न । उनका अभिव्यक्तिले सधै अग्रज पुस्तालाई होच्याउने गरेको पाईन्छ । चुनाव लड्न होमिएका एउटा युवा आबश्यकता भन्दाबढी अरुको आलोचना गर्ने बाहेक उनले आफ्नो बलियो दावेदारी प्रस्तुत गर्न नसक्नु उनमा गाँजिएको पुरातनबादी सोचको एउटा बलियो उदाहरण हो । अब्दुसले एउटा सञ्चार माध्यममा भनेका छन् काग्रेस एमालेका युवाहरु कतिदिन चाकडी गर्छौ । तीन महिना चुप लाग हामी बुढाहरुलाई हामी सिध्याइदिन्छौ । उनको यो भनाईको तात्पर्य के हो भने अब बुढा पुस्ताहरुको कुनै काम नै छैन ।

    उनको भनाईको आसय भनेको बुढाहरुलाई रद्धीको टोकरीमा फाले हुन्छ र अब फाल्नुपर्छ भन्ने नै हो । यस्ता खाल गैह्रजिम्मेवार तर्क गर्ने युवाले भोली सत्तामा पुगिहाले भनेपनि सामाजिक जवाफ देहितालाई कत्तिको बझ्लान् यो गभ्भीर प्रश्नको बिषय हो । हुन त उनले समाजलाई राम्रोसंग बुझ्नै बाँकी छ । उमेरमा परिपक्कता हुदैमा सवैमा समाज बुझ्ने परिपक्कता हुदैन ।

    काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाह पनि युवा हुन् उनले निर्वाचनका क्रममा भन्ने गर्दथे म अग्रजहरुको आर्शिबाद थापेर अघि बढ्छु । उहाँहरुका अनुभवलाई प्रयोग गर्छु । यहीँ शालिन टिप्पणीहरुले बालेनको उचाई थपिएको र युवा बालबालिका, जेष्ठ नागरिक सवैको रोजाई बालेन परे । तर अब्दुसको छुद्र टिप्पणीले पाकाहरुको मन पग्लिने होइन थप बितृष्णा ल्याइदिएको छ । बुढाहरुले केही नै गर्न सक्दैन् बुढाहरुको काम नै छैन भन्ने आसय आउने गरी पटक–पटक जोड दिएर अभिव्यक्ति दिने त्यो युवालाई बुढाहरुले भोट चाहीँ किन दिने रु यो पनि एउटा प्रश्न हो ।

    बुढाहरुले आफलाई रुचाउदै नरुचाउनेलाई हामी किन भोट दिने भन्ने सवाल आयो भने अब्दुसको जबाफ के होला रु बुढाहरुको अब कुनै काम नै छैन भन्ने मनसाय बोक्ने अब्दुसले त्यहीँ बुढाहरुसंग कुन नैतिकताले भोट माग्ने अधिकार राख्ला रु यो पनि गम्भीर प्रश्नको बिषय नै हो । युवाहरु राम्रो हुने, राम्रो बन्ने भनेको राम्रो गरेर मात्र हो । नेपालको राजनीतिमा आफूले राम्रो गरेर जनताको नजरमा राम्रो हुन खोज्नुभन्दा बरु अरुलाई नराम्रो भनेर म त्यो भन्दा राम्रो छु भन्ने प्रचलन हावी छ । त्यसलाई चिर्नका लागि हामीलाई युवा चाहिएको हो । तर अरुलाई नराम्रो भनेर आफू राम्रो हुन खोज्ने युवा नेपाली राजनीतिले खोजेको होइन भन्ने कुरा अब्दुस जस्ता युवाहरुले बुझ्नु जरुरी छ । समाजमा बालबालिका, युवायुवती, बयस्क, जेष्ठ नागरिक सवैका अ–आफ्नो भूमिका छन् । मानिसहरु कोही चाहेर बालबालिका हुने होइन, चाहेर कोही युवायुवती हुने होइन र चाहेर कोही बृद्धबृद्धा पनि त हुने होइन । यो समयको चक्र न हो । बृद्धबृदा बन्नका लागि कसैको रहर हुदैन तर सत्य यहिँ हो जन्मेपछि यो चक्रमा सवै एकपटक पुग्नैपर्छ ।

    समाज त्यसरी नै त सुन्दर बनेको छ, जहाँ बालबालिका, युवायुवती, जेष्ठनागरिक सवैको आ–आफ्नै भूमिका छ । अझ जेष्ठ नागरिक त यो समाजको अनि हामी युवा पुस्ताको अभिभावक हो । त्यसैले पछिल्लो पुस्तालाई समाज राम्रोसंग सिकाउदै जिम्मेवारी हस्तान्तरण गर्ने भूमिका तिनै अग्रज पुस्ताको हुन्छ । अनि सिक्ने दायित्व हामी युवाको हो । हाम्रो समाजले भन्ने गर्छ जेष्ठ नागरिक समाजको ऐना हो । संबिधान कानुन वा कुनै नीति नियममा जेष्ठ नागरिकको परिभाषा लेखिएको छ वा छैन त्यो अलग पाटोको बिषय हो । तर सामाजिक नीति नियमले त्यही भन्छ जेष्ठ नागरिकलाई आदार, सम्मान र अभिभावकत्वको रुपमा लिनुपर्छ । जेष्ठ नागरिकबाट नै समाजका हरेक बिषय पुस्तानान्तरण हुदैँ गएका हुन्छन् हामी युवापुस्ताले अग्रज पुस्ताका सकारात्मक कार्यलाई ग्रहण गदै जानुपर्छ ।

    अब्दुस आफूलाई युवा भएकोमा यति धेरै गर्व गर्छन् कि युवा भनेको म मात्र हो, युवा बाहेक अरु कसैले केही नै गर्न सक्दैन अर्थात युवा बाहेक अरु यो समाजको बोझ भन्ने उनका अभिव्यक्तिहरुमा स्पस्टै झल्किन्छ । उनका अधिकांस अभिव्यक्ति र अन्तरबार्ताहरु सुन्नेहरुले सजिलै पचाउन गाह्रो हुन्छ । हरेकजसो अन्र्तबार्तामा पुराना पुस्ताप्रति उनको बितृष्णा, आक्रोस र नकारात्मक सोच झल्किन्छ ।

    आफूलाई सचेत ठान्ने अब्दुसले यत्ति बुझ्दैन जुन पुस्तालाई अहिले कामै नलाग्ने भनेर गाली गरिरहेको छु त्यही पुस्ताका बुढाहरुले लडेर ल्याईदिएको प्रजातन्त्रका कारण आज खुलेर गाली गर्न पाएका छौ । अनि उनि बुझ्दैन जुन पुस्ताका बुढाहरुको बलिदानले प्राप्त संघिय लोकतान्त्रिक गणतन्त्रको सुन्दर घरमा अहिले यसरी निर्धक्क उभिएर सञ्चार माध्यममा आफ्नो कुरा राख्न पाएका छौ । त्यस कारण आलोचना बाहेक आत्माआलोचन नजान्ने र नबुझ्नेहरुलाई जनताले बिश्वास गर्नु आबश्यक छैन । आफूलाई सवैभन्दा बलियो उमेद्वार ठान्ने अब्दुसको यो शैलीले उनिप्रति सकारात्मक भन्दा नकारात्मक भावको बिकास हुनु कुनै अनौठो कुरै भएन ।

    अब्दुसले जेष्ठ नागरिकहरु भनेका पार्टी होइन यो पुस्ता हो भन्ने कुरा बुझ्न सकेनन् । उनि ठूला–ठूला स्वरमा घाँटीका नसा फुलाएर कुरा गरेर अघिल्ला पुस्तालाई चर्की चर्की गाली गर्दा घरमा मेरा बुवा पनि अघिल्लो पुस्ता हो । यो पुस्तालाई मैले सम्मान गर्न जान्नुपर्छ भनेर भुल्छन् । अरु पार्टीका पुराना पुस्ताका उमेद्वारलाई छुद्र टिप्पणी गरेर गाली गर्दा जुन पार्टीका अग्रज पुस्ताले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्रमा टेकेर उनले निर्वाचनमा लड्नका लागि टिकट पाएका त्यहीँ आफ्नो पार्टी भित्र पनि पुराना पुस्ता उमे्द्वार छन् भन्ने कुरा भुल्छन् । यसले अब्दुसमा दुरदर्शिता भन्ने चिज देखिएन । हुनत निर्वाचनका बेला दौडिएर टिकट लिन आएकाहरुले त्यहाँसम्म सोच्न नभ्याउन पनि सक्छन् । त्यसैले जसले बोलीमा समेत सम्मान र आदरको भाव झल्काउन सक्दैन भने उसले कहिल्यै व्यवहारमा सम्मान र आदर देखाउनै सक्दैन । उनिहरुलाई समाजले चिन्नुपर्छ पढ्नुपर्छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, कार्तिक ०१, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.