गोरखा । बर्षा संगै उत्तरी गोरखाको विभिन्न स्थानमा पहिरो जादा खाद्यान्न दुवानीमा समस्या देखिएको छ । खाद्य अभावकै बिषयमा आज बिहान चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बिच छलफल भएको छ ।
मंगलबार पालिका अध्यक्ष लामा प्रचण्ड निवास पुगेर उत्तरी गोरखामा खाद्यान्न दुवानी गर्न सरकार संग समन्वय गरिदिन आग्रह गरिएको बताए । ‘उत्तरी गोरखाको विभिन्न स्थानमा पहिरोले बाटो अबरुद्व हुदा खाद्यान्न संकट निम्तीएको’ भन्दै अध्यक्ष लामाले भने, ‘छेकम्पार, चुम्चेत, बिही, प्रोक, ल्हो र सामागाँउमा यथाशिभघ्र खाद्यान्न आपतकालिन ब्यवस्था गरिदिन अग्राह गरिएको हो ।’
छलफल लगत्तै नेकपाका अध्यक्ष प्रचण्डले गृहमन्त्री बालकृण्ण खाड संग टेलिफोन सम्बाद गरेर उत्तरी गोरखाको समस्या समाधान गरिदिन समेत आग्रह गरेको अध्यक्ष लामाले बताए । ‘मैले बाटो र खाद्यान्न संकटको बारेमा बिस्तृत जानकारी गराए लगत्तै प्रचण्डले गृहमन्त्री खाडलाई टेलिफोन गरेर उत्तरी गोरखाको समस्या तत्कालै समाधान गर्न आग्रह गर्नुभयो’ पालिका अध्यक्ष लामाले भने ।
बिहान ८ः०० बजेदेखी भएको छलफलमा पालिका अध्यक्ष लामाले तत्कालको लागि हेली मार्फत उत्तरी गोरखामा खाद्यान्न लाने र
उक्त मार्गको दिर्घकालीन समस्या समाधान गरिदिन माओवादी अध्यक्ष प्रचण्डलाई आग्रह गरिएको जानकारी दिए ।
खाद्यान्न ढुवानीकै बारेमा पनि आफुले जिल्ला प्रशासनका प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्य संग समन्वय गरिरहेको पनि अध्यक्ष लामाले जानकारी दिए ।
बर्षाले उत्तरी गोरखाको लोक्पामा ठुलो पहिरो गए पछि चुम भ्याली तर्फको चुम्चेत र छेकम्पारका सर्व साधारणहरु पैदल यात्रा गर्न पनि जोखिम मोलेर भिरको बाटो हिडी रहेका छन् ।
उता नुब्री भ्याली जाने मार्गको गप,न्याक् फेदी, राना गाउँ र चिसापानीर एक्लेभट्टी बिचमा पहिरो गएका कारण खाद्यान्न ढुवानीमा समस्या भएको अध्यक्ष लामाले जानकारी दिए ।


