पोखरा । आइतबार पोखराको सराङकोटमा राष्ट्रिय खेलकुदका दौरान प्याराग्लाइडिङ दुर्घटना हुँदा गोरखा घर भएका १ जना खेलाडीको मृत्यु भएपछि सरकारले देशैभर प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गरेको छ ।
दुर्घटनामा परी पालुङटार नगरपालिका घर भएका २६ बर्षिय निसिम थापाको मृत्यु भएको पोखरा प्रहरीले जनाएको छ । उनी १०० मिटर माथीबाट जमिनमा बजारीएका थिए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले अर्को व्यवस्था नभएसम्म देशैभर सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उनका अनुसार ‘अर्को व्यवस्था नभएसम्म देशभर मनोरञ्जनात्मक, व्यावसायिक र खेलकुदजन्य सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय भएको हो ।
निरौलाका अनुसार अब उडानको सुरक्षा, ऐन नियम र प्रावधानहरुबारे समेत प्राधिकरणले अधययन गर्ने भएको छ । सोहीकारण तत्कालका लागि सबै उडान बन्द गर्ने निर्णय भएको उनले जानकारी दिए ।
दुर्घटना भएर खेलाडीको मृत्यु भए संगै आजका सबै खेल स्थगित गरिएको छ ।


