सन्दर्भ तस्बिर
गोरखा । गोरखा अस्पतालमा उपचारत नेपाल प्रहरीको १ जना महिला कर्मचारीको खानेकुरा खादा सर्किएर मृत्यु भएको छ ।
गोरखा नगरपालिका ५ सतिपिपल घर भएकी ३१ बर्षिया सुजाता केसीको शनिबार राती खानेकुरा खादाँ सर्किएर मृत्यु भएको गोरखा अस्पतालले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँमा सहायक प्रहरी हवल्दारमा कार्यरत केसी केहीदिन यतादेखी बिरामी भएका कारण घरमा बस्दै आएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
बिरामीले साँझपख खानेकुरा खादाँ सर्किएको र सोही कारण उनको ज्यान गएको गोरखा अस्पतालका सूचना अधिकारी कृण्ण ढकालले जानकारी दिए । उनका अनुसार बिरामीलाई खाना सर्किएर असहज भए लगत्तै डाक्टरहरुको टोलीले थप उपचार गरेको भएता पनि उनको राती ८ः४५ बजे ज्यान गएको हो ।
बिरामीको सुरुकै स्वास्थ्य परिक्षणमा डेंगु देखिए पछि उनलाई सोही औषधी चलाई रहेको र थप परिक्षणहरु समेत भई रहेको अस्प्ताल प्रशासनले जानकारी दिएको छ ।
बिरामीको आइतबार आएको स्वास्थ्य परिक्षणमा मिलिया टिभी अर्थात शरिरभरी टिभी संक्रमण फैलिसकेको देखिएको पनि सूचना अधिकारी ढकालले जानकारी दिए ।
पारिवारीक स्रोतका अनुसार केसीलाई अस्पताल भर्ना गर्नु अगावै केही दिन पहिलेदेखी ज्वरो आउन थालेको थियो । मृक्तक केसीको उनकै आमाको प्रत्येक्ष निगरानीमा उपचार गरिएको पनि अस्पताल प्रशासनले जानकारी दिएको छ ।


