कार्यालय स्थापनाका लागि पुगेकाे प्रचण्डलाई फुलका गुच्छा र खादाले स्वागत गर्दै स्थानिय महिला
गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आज आफ्नो निर्वाचन क्षेत्रमा निर्वाचन सम्पर्क कार्यालय स्थापना गरिएका छन् ।
शनिबार गोरखा नगरपालिका वडा नम्बर ११ स्थित बाह्रकिलोमा गोरखा क्षेत्र नम्बर २ को कार्यालय स्थापना गरेका हुन् ।
कार्यालयको एक कार्यक्रम बिच अध्यक्ष तथा पूर्वप्रधानमन्त्री दाहालले उद्घाटन गरेका थिए ।
मंसिर ४ गते हुन लागेको निर्वाचनका लागि कार्यकर्ता भेटघाट छलफल तथा परिचालनका लागि कार्यालय स्थापना गरिएको माओवादी केन्द्र गोरखाले जानकारी दिएको छ ।
कार्यालय स्थापना कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा गोरखा क्षेत्र नम्बर २ अन्तरर्गतका प्रदेश सभा (ख) का बामलोकतान्त्रिक गठबन्धनका उमेद्वार सुरेन्द्रराज पाण्डे, प्रदेशसभा (क) का उमेद्वार फडिन्द्र देवकोटा लगायतको सहभागिता रहेको थियो ।


