दोहा । गोरखा सेवा समाज कतारले दोहामा दोस्रो पटक रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
समाजले प्रत्येक ६–६ महिनामा रक्तदान गर्ने कार्यक्रम अन्तरर्गत शुक्रबार दोहाको हमाद हस्पिटलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको समाजका सल्लाहकार दिपक लामिछानेले जानकारी दिए ।
हमाद हस्पिटलमा समितिका सल्लाहकार दिपक लामिछाने, बरिष्ठ उपाध्यक्ष ओमराज गुरुङ, महासचिव बिकास श्रेष्ठ र कोषाध्यष सुजन धिताल सहित २६ जनाले रक्तदान गरेको समितिका अध्यक्ष रामजी खत्रीले जानकारी दिए ।
समितिले सर्वोत्कृष्ट मानवीय सेवा बाट अभिप्रेरित भई ‘रक्तदान जीवन दान’ भन्ने मुलमन्त्रलाई आत्मसात गर्दै स्वस्थ रगत संकलन कार्यमा सहयोग गर्दै आएको छ । समाजले पहिलो पटक गरेको रक्तदानमा भने ५६ जनाको सहभागिता रहेको पनि समितिले जानकारी दिएको छ ।
रक्तदानमा सहभागीहरु :
तस्बिर दिपक लामिछाने

















