गोरखा । नेकपा एमालेले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि गोरखाका आधिकारिक उम्मेदवारको नामावली सार्वजनिक गरेको छ ।
एमालेले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै गोरखा जिल्ला सहित देशै भरको संघ र प्रदेशका समानुपातिक र प्रत्यक्षतर्फका उम्मेदवारको नामावली सार्वजनिक गरेको हो ।
सार्वजनिक गरिएका नामावलीहरुमा प्रतिनिधी सभा तर्फ गोरखा क्षेन नम्बर १ बाट रामशरण बस्नेत तथा प्रदेश सभा तर्फ (क) मा सुरेन्द्र थापा र (ख) मा मोहन भट्टराई रहेका छन् ।
त्यस्तै गरी गोरखा क्षेत्र नम्बर २ मा प्रतिनिधी सभा तर्फ अब्दुस सलाम मियाँ तथा प्रदेश सभा तर्फ (क) मा राजु राना र (ख) मा बसन्त गुरुङ रहेका छन् ।
शुक्रबार जारी बिज्ञप्तीमा समानुपातीक तर्फ मीना बरामुको नाम परेको छ भने गण्डकी प्रदेशमा एमाले जिल्ला पार्टी अध्यक्ष प्रेमबहादुर गुरुङ र बाग्मती प्रदेश तर्फ दिनेशचन्द्र देवकोटाको नाम सिफारीस भएको छ ।
एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई निर्वाचनपछिको प्रधानमन्त्रीका रूपमा अगाडि सारेको छ । अध्यक्ष ओलीले झापा क्षेत्र नं. ५ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
एमालेले जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग केही सिटमा चुनावी तालमेल गरेको छ ।





















