गोरखा । समानुपातिक सूचीमा पहिलो नम्बरमा रहेका नेपाली कांग्रेस गण्डकी प्रदेशका महामन्त्री किरण श्रेष्ठको नाम संसोधनपछि तेस्रोमा पुर्याएपछि श्रेष्ठले असन्तुष्टि जनाएका छन् ।
महामन्त्री श्रेष्ठले आफूलाई थाहै नदिइकन तेस्रो नम्बरमा पुर्याइएको भन्दै काँग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवालाई असन्तुष्टि जनाउँदै पत्र समेत बुझाएका छन् ।
श्रेष्ठलाई गण्डकी प्रदेशबाट मंसिर ४ गते हुने प्रतिनिधिसभा अन्तर्गत प्रदेशतर्फको समानुपातिक सूचीमा पहिलो पटक पहिलो नम्बरमा राखिएको थियो । तर केही दिन अगाडी नामावली संसोधन गरेर श्रेष्ठलाई ३ नम्बरमा पुर्याएपछि श्रेष्ठले जिल्ला, प्रदेश र केन्द्रलाई असन्तुष्टि पत्र पठाएका हुन् ।




