गोरखा । गोरखा जिल्लाका प्रतिनिधिसभा तर्फका २ निर्वाचन क्षेत्र र प्रदेशसभाका ४ निर्वाचन क्षेत्रमा उमेदवारी दिएका मध्ये ७ जनाले नाम फिर्ता लिएका छन् ।
७ जनाले उमेदवारी फिर्ता लिएसंगै अब ४९ जना चुनावी मैदानमा रहका छन् । असोज २३ गते उमेदवारी दर्ता गराएका प्रतिनिधिसभा गोरखा निर्वाचन क्षेत्र २ का स्वतन्त्र उमेद्वार डा.माधवी पराजुली (भट्ट) ले आफ्नो नाम फिर्ता लिएकी छिन् । उनीले काँग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उमेदवारी दिएकी थिइन ।
त्यस्तै क्षेत्र नम्बर २ (ख) मा प्रदेशसभा तर्फ स्वतन्त्र उमेदवारी दिनुभएका गण्डकी प्रदेशका उर्जा सिंञ्चाई तथा खानेपानी मन्त्री हरिशरण आर्चाय पनि नाम फिर्ता लिएका छन् । मन्त्री आचार्य नेपाल समाजबादी पार्टीका नेता पनि हुनु ।
त्यस्तै नेपाल मजदुर किसान पार्टीका उमेद्वार बेलबहादुर बस्नेत र नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) का उमेद्वार जुद्धबिलास भण्डारीले पनि आफ्नो नाम फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
यसैगरी प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर १ अन्तरर्गत प्रदेश सभा (ख) मा उमेदवारी दिएका नेकपा एकिृकत समाजबादी पार्टीका टेकराज भट्ट, स्वतन्त्र उमेद्वार पूर्णबहादुर दाहाल र राजकुमार ढकालले पनि आफ्नो नाम फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
दाहाल आरुघाट गाउँपालिकाका पूर्व प्रमुख तथा नेपाली काँग्रेस गण्डकी प्रदेश समितिका सदस्य भने ढकाल नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रका आरुघाट गाउँपालिका सचिव हुन ।
निर्वाचन आयोगले बुधबार बिहान १० बजेदेखी दिउँसो १ बजेसम्म नाम फिर्ता लिने समय तोकेको थियो । ७ जनाले नाम फिर्ता लिएपछि अब जिल्लाका प्रतिनिसभाका २ क्षेत्र र प्रदेशसभाको ४ क्षेत्रमा गरि ४९ जना उम्मेदवार चुनावी मैदानमा रहने भएका छन् ।


