फाईल तस्बिर
गोरखा । उत्तरी गोरखाको लार्के पासमा हराईरहेका गाईड आज मृत्त अवस्थामा फेला परेका छन् । सोलुखुम्बु घर भएका ३८ बर्षिय फुछेत्तर लामाको मृत्त शरिर मंगलबार दिउसो ११ बजे लार्केपास क्षेत्रमा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको हो ।
असोज २० गते बिहिबार २ जना जर्मन नागरिकलाई मनाङको भिमथाङ छाडेर फर्किएका लामा एक्कासी बेपत्ता भएका थिए । उनी संगै गएका चुमनुब्री गाउँपालिका २ का फूर्वालामाले २२ गते सामागाउँ प्रहरी चौकीमा गाईड हराएको बारेमा जानकारी दिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक केदार खनालले बताए । ‘२० गतेदेखी मिसिङ भएका गाइडको बारेमा २२ गतेमात्र संगै गएका लेबरले खबर गरे पछि थाहा पाएको’ भन्दै प्रउ खनालले भने ‘त्यस पछि हामीले खोजी गर्दा आज बिहान ११ बजे फेला पारेर हेली मार्फत काठमाण्डौं पठाइएको हो ।’
लामाको शव आजै हेली मार्फत लिफ्ट गरेर सामागाउँ ल्याएर मुचुल्का उठाएर राजधानी पठाइएको गोरखा प्रहरीले जानकारी दिएको छ ।
प्रहरीको प्रारम्भीक अनुसन्धानमा गाइड लामाले बाटो बिराएको हुन सक्ने अनुमान गरिएको छ । लामाको राजधानीमा रहेको टिचिङ अस्पतालमा पोष्ट मार्टम गरेर आजै परिवारको जिम्मा लगाइएको छ ।
घटनाको सम्पन्धमा प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।


