गोरखा । फुटपाथमा पसल सञ्चालन गर्न नदिन प्रशासन र नगरपालिकालाई मसला ब्यवसायी संघले ध्यानाकर्षण गराएको छ । संघले आज (मंगलबार) जिल्ला प्रशासन र गोरखा नगरपालिकामा ज्ञापन पत्र बुझाउदै फुटपाथमा पसल सञ्चालन गर्न रोक लगाउन अनुरोध गरेको हो ।
मसला तथा किराना ब्यवसायी संघले मंगलबार जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बराल र गोरखा नगरपालिकाका प्रमुख कृण्णबहादुर राना मगरलाई ज्ञापन पत्र बुझाउदै सधैको बर्षहरुमा जस्तै शुभ दिपावलीको अवशरमा गोरखा बजारको सडक पेटीमा गैर कानूनी रुपमा भाई मसला र रंङहरुको ब्यापार गरिदा कानूनी रुपमा दर्ता भएर सञ्चालनमा रहेको पसलहरुलाई मर्का परेको भन्दै त्यस्ता पसल सञ्चालनमा रोक लगाउन अनुरोध गरिएको संघका अध्यक्ष अरबिन्दकुमार गुप्ताले जानकारी दिए ।
चेम्बर अफ कमर्स अन्तरर्गत रहेको संघले ‘२०७९ सालको शुभ दिपावलीको अवसरमा गोरखा बजारको सडक पेटी फुटपाथमा गैर कानूनी रुपमा दर्ता नगरी भाइ मसला तथा खुल्ला रङ ( पिठो मिसिएको) तथा सडेगलेका भाइ मसला बिक्री गरेका केही ब्यक्तिहरु, साथै अन्य गैर बयवसायीहरुले बिगत बर्षमा झै र बाहिरी जिल्लाबाट आई ब्यवसाय गरे, गराएको पाइएकोले यहाँका भाडावाल, कर तिरेका ब्यापारीहरुलाई धेरै मर्का परेको’ भन्दै संघले ‘सो कार्य बन्द गर्न गराउनका लागि यस अधिकारप्रद कार्यालय लगायत, सम्वन्धीत सम्पूण निकायहरुमा पत्राचार गरिएको र उपभोक्ता, ब्यापारीहरुको लागि बजार ब्यवस्थित तथा उपभोक्ता हित अनुकुल बातावरण बनाउन सहजिकरण विशेष भूमिका निर्वाह गरिदिनु हुनका लागि हार्दिकतापूर्वक यो ज्ञापन पत्र पेश गर्दर्छौ’ दुवै निकायमा बुझाएको ज्ञापन पत्रमा भनिएको छ ।
संघले जिल्ला प्रशासन कार्यालय, घरेलु तथा सना उद्योग कार्यालय, गोरखा नगरपालिका, जिल्ला प्रहरी कार्यालय, गोरखा नगरपालिका वडा नम्बर ६ को कार्यालय, उद्योग बाणिज्य संघ र चेम्बर अफ कमर्सलाई समेत ज्ञापन पत्रको बोधार्थ दिदै उक्त कार्यमा सहयोग गरिदिनु अग्राह समेत गरेको छ ।
संघले बुझाएको ज्ञापन पत्रमा नै कस्तालाइ कारावही गर्ने भन्ने सुझाव सेमत सैवै निकायलाई पेश गरेको अध्यक्ष गुप्ताले जानकारी दिएको छ ।




