×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

‘प्रचण्डले गोरखा होइन, गोर्खालीले बिकास र सम्बृद्धिका लागि प्रचण्डलाई खोजेको हुन्’

  •  गोरखा समाचार
  • मङ्गलबार, असोज २५, २०७९ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    दीपक जलन

    लेनिनले भनेका छन् – ‘इतिहास लेख्नुभन्दा इतिहास निर्माण गर्नु बढी आनन्ददायी हुन्छ ।’ लेनिनले भन्नुभएजस्तै नेपाल कम्युनिष्ट आन्दोलनमा ‘प्रचण्ड’ एउटा यस्तो नाम हो जसले नेपालको कम्युनिष्ट आन्दोलनको इतिहास निर्माणमा सधै अग्रमोर्चाको कमाण्ड समाल्दै आएका छन् । नेकपा माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले १० बर्षे जनयुद्धको नेतृत्व गर्दै देशमा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न अग्रणी भूमिका खेले, संबिधानसभा मार्फत देशमा नयाँ संबिधान निर्माणका लागि अग्रणी भूमिका खेले । अझ भनौ जताजता प्रचण्ड जान्छन् देशको राजनीति मियो उतैउतै घुम्छ भन्दा फरक नपर्ला । निर्वाचनका बेला हरेक पटक निर्वाचनमा निर्वाचन क्षेत्र परिवर्तन गरेर चुनाव लड्ने हिम्मत गर्ने प्रचण्ड नेपालको एक मात्र नेता हुन् जसले एउटै निर्वाचन क्षेत्र दोहो¥याएर अहिलेसम्म चुनाव लडेका छैनन् । बि.स २०६४ सालको पहिलो संबिधानसभाको चुनावमा रोल्पा–२, काठमाण्डौ १० दुवै क्षेत्रबाट निर्वाचन जितेका प्रचण्डले दोस्रो संबिधानसभाको निर्वाचनमा सिराहा–५ बाट निर्वाचन जिते ।

    बि.स २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा चितवन–३ बाट चुनाव जिते प्रचण्डले । अहिले पनि चितवनका जनताको जनताको रोजाईमा प्रचण्ड परेपनि गोरखादेखि बाग्लुङसम्म नवलपुरदेखि चितवनसम्मका जिल्लाहरुले आफ्नो जिल्ला क्षेत्रबाट चुनाव लडिदिनका प¥यो भनेर प्रस्ताव गरिरहेकै थिए । एकातर्फ उहाँका बिरोधीहरुले प्रचण्डले चितवनबाट जीत सुनिश्चित नदेखेपछि अन्य निर्वाचन क्षेत्र खोजिरहेको भन्ने आरोप पनि लगाउने गरेका छन् तर प्रचण्डका लागि चितवनबाट चुनाव लड्ने र जित्ने कुरा त्यति धेरै कठिन बिषय हुदै होइन ।

    हिजो बामगठबन्धन भएका बेलामा समेत नेपाली काग्रेस र राप्रपा मिलेर चितवनमा प्रचण्डलाई चुनाव हराउन सकिन्छ भनेर कम्मर कसेर लागेकै थिए । तर प्रचण्डले बि.स २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा सानदार ढंगले चुनाव जिते । त्यतिबेला बामगठबन्धन बिरोधी भन्दापनि प्रचण्ड बिरोधी गठबन्धन पनि बास्तवमा कम शक्तिशाली थिएन । तर उनले सहज मात्रै होइन राम्रो मतान्तरले चितवन–३ बाट चुनाव जिते । अर्को तर्फ हार्ने डरले निर्वाचन क्षेत्र फेरेको भन्नेहरुले प्रचण्डले पहिलो पल्ट मात्र निर्वाचन क्षेत्र फेरेको होइन भन्ने हेक्का राख्नु जरुरी छ । बि.स २०६४ को चुनावमा रोल्पा–२ बाट लडेपछि रोल्पालाई उनले दोहो¥याएन् । बरु जोखिम मोलेर रोल्पाबाट सिराहा आए । दोस्रो संबिधानसभाको चुनावमा रोल्पाबाट हार्ने भएर सिराहा आएका थिए त ? त्यो कदापी थिएन ।

    रोल्पा हिजो पनि माओबादीको लालकिल्ला हो र आज पनि लालकिल्लाको रुपमा रहेको छ । हार्ने डर होइन बरु जोखिम मोल्न सक्ने हिम्मत प्रचण्डमा छ रत उनि प्रत्येक पटक निर्वाचन क्षेत्र फेरिरहन्छ भन्ने कुरा पुष्टी गर्दै यो पटकको चुनाव लड्न अहिले गोरखा आइपुगेका छन् । त्यसैले उनि प्रचण्ड बनेका हुन् । उनमा हार्ने डर होइन नयाँ गर्ने रहरको भूत जागेको जाँगै हुन्छ । त्यहि नयाँ गर्ने रहरले यो देशको मुक्तिका लागि प्राण बाजी थापेर प्रचण्डले महान जनयुद्धको नेतृत्व गर्दै अहिलेको लोकतान्त्रिक गणतन्त्र संघियता, धर्मनिरपेक्षता, समानुपातिकता, समावेशिताको मुद्धालाई स्थापित गर्न सफल भए । गएको २०७४ को निर्वाचनमा प्रचण्डले चितवनबाट चुनाव मात्र जितेनन् चुनाव जितिसकेपछि चितवनमा गरेको बिकास निर्माणको कामले चितवनलाई एउटा नमुना, उधाहरणिय र अनुशरण गर्न योग्य क्षेत्र समेत बनाइदिए ।

    यो कुरा त्यहाँका काग्रेस, एमाले लगायतका फरक राजनीतिक बिचार राख्नेहरुले राम्रै हेक्का राखेका छन् । सायद आफुले जितेको निर्वाचन क्षेत्रका जनतालाई सन्तुष्ट बनाउन सक्ने कुनै नेता छन् भने ति प्रचण्ड मात्र हुन् जो जनताले आफूलाई दिएको मतको गुन सधै तिर्न भ्याउछन् ।
    प्रचण्डले निर्वाचन क्षेत्र खोजिरहेको भन्दा पनि प्रचण्डलाई आफ्नो क्षेत्रबाट चुनाव लडाउन धेरै जिल्लाले खोजी गरिरहेको कुरा सत्य हो । जनताले आफूले जिताएर पठाएका जनप्रतिनिधिबाट तिव्र बिकासको अपेक्षा राखेका हुन्छन् नै । तर सवै जनप्रतिनिधिहरुबाट त्यो अपेक्षा पुरा हुन्छ भन्ने पनि छैन र हुदैन पनि । प्रचण्ड एक मात्र यस्ता पात्र हुन् जसको जीतले राजनीतिक जीत मात्र हुदैन त्यो क्षेत्रको बिकास सम्बृद्धिको पनि जीत हुन्छ, सामाजिक, सांस्कृतिक परिवर्तनको जीत हुन्छ अनि आर्थिक सम्बृद्धिको जीत पनि सगंसगै हुन्छ ।

    त्यसैले पनि जब निर्वाचनको समय आउछ अनि प्रचण्ड सवैको क्षेत्रको रोजाईमा पर्छन । जनतामा एउटा यस्तो बिश्वास छ, प्रचण्ड राजनीतिक परिवर्तनको नेतृत्व गर्न सक्ने नेता मात्र होइनन् उनि त बिकास र सम्बृद्धिको पनि नेतृत्व गर्न सक्ने नेता हुन् । त्यस कारण प्रचण्डलाई आफ्नो निर्वाचन क्षेत्रबाट निर्वाचन लडिदिनका निम्ति माओवादी पार्टीका मात्र होइन अन्यदलका नेताहरुले पनि प्रत्यक्ष अप्रत्यक्ष हारगुहार गरिरहेका हुन्छन् । यद्देपी राजनीतिक कारण खुलस्त बाहिर भन्न उनिहरुलाई सजिलो पक्कै छैन ।

    त्यसको पछिल्लो उदाहरण चितवन नै हो । गोरखाबाट चुनाव लड्ने चर्चापछि चितवनमा सत्ता गठबन्धन दलको बैठक नै बसेर चितवन नछोड्न प्रचण्डलाई आग्रह गरिरहनुले प्रचण्डको खोजी सर्वसाधारणहरुले मात्र होइन सवै दलले गरिरहेका छन् भन्ने पुष्टी हुन्छ । चितवनमा गठबन्धनको बैठकले नै निर्णय नै गरेर सोही क्षेत्रबाट पुनः चुनाव लड्न आग्रह गरिरहनुले बिचारका लागि मात्र होइन बिकास लागि पनि जताजतै प्रचण्डको खोजी भइरहेको छ भन्ने कुराको पुष्टी हुन्छ । अनि गोरखाले पनि नखोज्ने कुरै भएन । गोरखाले प्रचण्डलाई खोज्नु गोरखाको अधिकार पनि थियो ।
    प्रचण्ड स्वयम गोरखा आउने कुरामा सुरुमा सहमत थिएनन् भन्ने कुरा उनका अभिव्यक्तिहरुले प्रमाणित गर्दछ तर गोरखाका माओवादी पार्टी मात्र होइन सवै दलका नेताहरुको चर्को दवाबका कारण उनलाई गोरखा आउनै पर्ने बाध्यता बन्यो यो पटक ।

    गोरखामा माओवादी मात्र होइन अन्य राजनीतिक दलका कार्यकर्ताहरु समेत प्रचण्ड गोरखा आएर चुनाव लडिदिए हुन्थ्यो भन्ने नै थियो । प्रचण्ड गोरखा आउनुपर्ने माग यहाँका जनताले बास्तवमा राजनीतिक रुपले मात्र हेरेका छैनन् । यहाँको जनताको तिव्र बिकासको चाहानाका कारण पनि प्रचण्डलाई गोरखाले नै खोजिरहेको छ । प्रचण्डलाई चुनाव जिताएर पठाउन पाए आफूहरुको सम्बृद्ध गोरखाको सपना पुरा हुन्छ भन्ने कुरामा गोरखाका जनता बिश्वस्त छन् । एकातिर जनयुद्धको आधार भूमि गोरखा, जनयुद्धका प्रथम शहिद दिलबहादुर रम्तेल मात्र नभएर जनयुद्धमा सहादत प्राप्त गर्ने सवैभन्दा उच्च तहका नेता सुरेश वाग्ले (बासु) को जन्मथलो समेत गोरखा भएकाले पनि प्रचण्डलाई गोरखाको आग्रह टार्न यो पटक त्यति सजिलो भएन ।

    गोरखालाई आधार भूमि बनाएर शिक्षण पेशा मार्फत राजनीतिक गतिबिधि सञ्चालन गरेका प्रचण्ड लागि न गोरखा नौलो हो, नत गोरखाका लागि प्रचण्ड नै नौलो हुन् । बि.स २०५१ साल फागुन २ देखि ४ गतेसम्म प्रचण्डकै नेतृत्वमा गोरखाको धुवाकोटमा तत्कालिन नेकपा माओवादीको तेस्रो बिस्तारित बैठक बसेर जनयुद्धको शंखघोष गर्ने औपचारिक निर्णय गरेको किल्ला पनि पनि गोरखा नै भएकाले प्रचण्डको गोरखासंगको सम्बन्ध छुट्टै छ । बि.स २०५२ साल फागुन १ गते सुरु भएको जनयुद्धको पहिलो आक्रमण थाल्ने जिल्ला मध्ये गोरखा पनि एक हो । त्यसकारण पनि प्रचण्ड र गोरखाको सम्बन्धमा न कसैले टुटाएर टुट्छ न त कसैले फुटाएर नै फुट्छ । अझ अबको प्रधानमन्त्रीको रुपमा हेरिएका प्रचण्डबाट गोरखाबासीको अपेक्षा ठूलो छ । उनले भन्ने गर्थे मलाई गोरखा आउदा माइती आएजस्तो लाग्छ । यो भनाइले पनि प्रचण्डलाई पो पटक माइती छोडेर अन्यत्रबाट चुनाव लड्न जाने छुट थिदै थिएन ।

    त्यति मात्र होइन जसरी रोल्पा रुकुमलाई जनयुद्धले सम्मान गरेको छ, त्यो सम्मान प्रचण्डले गोरखालाई पनि गर्नु जरुरी थियो । त्यसका लागि पनि जनयुद्धका सर्वोच्च कमाण्डरले एक पटक गोरखाबाट चुनाव लडेर गोरखालाई गोरखा सहित मध्य क्षेत्रको बलिदानको कदर गर्नु आबश्यक थियो नै। त्यसैले त अहिले प्रचण्डको निर्णयले गोरखाको मात्र होइन जनयुद्धका क्रममा देशको मध्यभागले पु¥याएको त्याग र बलिदानको पनि उच्च सम्मान कदर भएको छ । प्रचण्डलाई चुनाव नै लड्नका लागि गोरखा जिल्ला मात्र आबश्यक थिएन र छैन पनि तर गोरखाका लागि प्रचण्ड आबश्यक थियो, अनिबार्य थियो । जित्नका लागी प्रचण्डले गोरखा रोजेको होइनन, गोरखाको सम्बृद्धिका लागि सिंगो गोरखाद्धारा प्रचण्डलाई खोजिएको हो ।

    गोरखाबाट चुनाव लड्ने प्रचण्डको निर्णयले फेरि एक पटक गोरखाको बिकास र सम्बृद्धिको नयाँ युगको सुरुवात हुनेछ भन्नेमा कुनै दुबिधा छैन् । प्रचण्ड बिकासको भरोसा, सम्बृद्धिको आधारशिला हो । जनयुद्धमा गोरखाका जनताले दिएको बलिदानको सम्मान पनि हो । अब गोरखा क्षेत्र नम्बर २ का आगामी प्रतिनिधिसभाको निर्वाचनमा प्रचण्डलाई जिताएर बिकास सम्बृद्धिको यात्रामा गोरखाले भरपूर फाईदा उठाउनु सक्नुपर्छ । गोरखाका लागि यो एउटा ऐतिहासिक अबसर हो ।

    लेखक प्रेस सेन्टर नेपालका केन्द्रीय उपमहासचिव पनि हुन्

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, असोज २५, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.