गोरखा । गोरखाका २ प्रतिनिधिसभा र ४ प्रदेशसभा निर्वाचन क्षेत्रमा ५६ जनाको उम्मेद्वारी परेको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि आइतबार भएको मनोयन दर्ता क्रममा गोरखा २ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा २३ जनाको उम्मेद्वारी परेको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ । भने ४ प्रदेश सभाका निर्वाचन क्षेत्रमा ३३ जनाको उम्मेद्वारी परेको छ ।
प्रतिनिधिसभा अन्तरर्गत गोरखा क्षेत्र नम्बर १ मा १० जनाले उम्मेद्वारी दर्ता भएको कार्यालयका सूचना अधिकारी रबिलाल सुवेदीले जानकारी दिए । जसमा सत्तागठबन्धनका तर्फबाट नेपाली काँग्रेसका केन्द्रीय सदस्य राजेन्द्र बजगाईको उम्मेद्वारी परेको छ भने नेकपा एमालेबाट पार्टीका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका पूर्व भौतिक पूर्वाधार बिकासमन्त्री रामशरण बस्नेतको उम्मेद्वारी परेको छ ।
उम्मेदवारी दर्ता गराउनेमा जनता समाजवादी पार्टीबाट उत्तरबहादुर खड्का, राप्रपाबाट उदयप्रसाद भट्ट, मंगोल नेशनल अर्गनाइजेसनबाट देवबहादुर थापा र नेपाल सुशासन पार्टीबाट मीनकुमार श्रेष्ठले पनि उम्मेद्वारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
जसपाबाट रुपेश राना, नेपाल मजदुर किसान पार्टीबाट लिलाकुमारी बुढाथोकी र राष्ट्रिय स्वतन्त्र पार्टीका सुवर्ण रोकाय र विष्णु पुडासैनीले स्वतन्त्र उम्मेद्वारी दिएको निर्वाचन कार्यालयले जनाएको छ ।
त्यस्तै प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर २ मा माओबादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सहित १३ जनाको उम्मेद्वारी परेको छ ।
सत्ता गठबन्धनको सिट बाडफाँडका क्रममा माओबादीको केन्द्रको भागमा परेको यो क्षेत्रमा नेकपा एमालेबाट अब्दुस सलाम मियाँ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कविन्द्र बुर्लाकोटी, राप्रपाबाट सुशिल पन्त, राप्रपा नेपालबाट कुलबहादुर बस्नेत, नेपाली कांग्रेस (बिपी) बाट टीकादत्त पोखरेल, नेपाल मजदुर किसान पार्टीबाट प्रल्हाद लामिछाने, हाम्रो नेपाल पार्टीबाट प्रकाश थापा र मंगोल नेशनल अर्गनाइजेसनबाट सोमबहादुर गुरुङकोे उम्मेद्वारी परेको हो ।
क्षेत्र नम्बर २ मा विनोदकुमार गुरुङ, गणेश देवकोटा, र काग्रेस नेतृ डा.माधवी पराजुली (भट्ट) ले पनि स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् ।
प्रदेशसभा तर्फ गोरखा क्षेत्र नम्बर १ (क) मा ७ जनाको उम्मेद्वारी परेको कार्यालयले जानकारी दिएको छ । जसमा नेकपा माओवादी केन्द्रबाट कृष्ण धिताल, नेकपा एमालेबाट सुरेन्द्रबहादुर थापा, राप्रपाबाट सुदीप ढकाल, राप्रपा नेपालबाट हरिराम अर्याल, मंगोल नेशनल अर्गनाइजेसनबाट गंगाबहादुर राना, नेश्नस्लिष्ट पिपुल्स पार्टीबाट बिष्णुबहादुर कुँवरको उम्मेद्वारी परेको छ ।
सोही क्षेत्रमा नेपाली काँग्रेसका रामशरण आचार्यले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् ।
क्षेत्र नम्बर १ अन्तरर्गत प्रदेशसभा (ख) मा नेपाली काँग्रेसका नन्दप्रसाद न्यौपाने, नेकपा एमालेका मोहन भट्टराई, एकीकृत समाजवादीका टेकराज भट्ट, नेश्नलिष्ट पिपुल्स पार्टीका रामचन्द्र कुमाल, मंगोल नेशनल अर्गनाइजेशनका रामबहादुर लामा, राप्रपा नेपालका सरिता देवकोटा, राप्रपाका सोमनाथ अधिकारीले उम्मेद्वारी दर्ता गराका छन् । भने डाकबहादुर पराजुली, माओबादी केन्द्रका युवा नेता राजकुमार ढकाल र काँग्रेस नेता पूर्णबहादुर दाहालले स्वतन्त्र उम्मेद्वारी दिएका छन् । प्रदेशसभा अन्तरर्गत यो क्षेत्रमा १० जनाको उम्मेद्वारी परेको हो ।
यस्तै गोरखा क्षेत्र नम्बर २ अन्तरर्गत प्रदेशसभा (क) मा नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा, नेकपा एमालेका राजु राना, नेकपा एकीकृत समाजवादीका जुद्धबिलास भण्डारी, नेमकिपाका बेलबहादुर बस्नेत, राप्रपाका राजेन्द्र शाह, मंगोलनेशनल अर्गनाइजेशनका बिपिका बराम गुरुङ, राप्रपा नेपालका सुबोध बस्न्यात, हाम्रो नेपाल पार्टीका सरोज गिरीले उम्मेद्वारी दर्ता गराएका छन् ।
प्रदेशसभाको यो क्षेत्रमा गण्डकी प्रदेशका उर्जामन्त्री समेत रहेका हरिशरण आचार्य र बिलबहादुर तामाङले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएको पनि कार्यालयले जनाएको छ ।
क्षेत्र नम्बर २ को प्रदेशसभा (ख) मा कांग्रेसबाट सुरेन्द्रराज पाण्डे, नेकपा एमालेबाट बसन्तकुमार गुरुङ, राप्रपाबाट ठाकुरप्रसाद लामिछाने, राप्रपा नेपालबाट सफिदिन मियाँ र मंगोल नेशनल अर्गनाइजेसनबाट रामबहादुर घलेको उम्मेद्वारी परेको छ ।
क्षेत्र नम्बर २ को प्रदेशसभा (ख) मा हरि पोखरेलले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको कार्यालयले जानकास् सदिएको छ ।
सत्तागबन्धनको सिट बाँडफाँडका क्रममा गोरखामा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ नेपाली काँग्रेस, १ (क) नेकपा माओबादी केन्द्र, १ (ख) नेपाली काँग्रेसको भागमा परेको छ ।
त्यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ माओबादी केन्द्र, २ (क) नेपाल समाजबादी पार्टी र २ (ख) नेपाली काँग्रेसको भागमा परेको हो ।



