गोरखा । गोरखाको अश्राङमा आज बुवाले २ छोराको हत्या गरेर आफुले पनि आत्महत्या गरेका छन् । भीमसेन थापा गाउँपालिका ६ अश्राङको मोहरीया टोलका ३४ बर्षिय हेमबहादुर रानाले छोराहरुको हत्या गरेर आफुले पनि आत्महत्या गरेका हुन ।
हेमबहादुरले ७ बर्षका जुम्ल्या छोराहरु शिशिर र पोषणको हत्या गरेर आफुले पनि आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक केदार खनालले बताए । ‘हेमबहादुरले पहिले छोरालाई काप्रोको रुपमा झुण्डाएर आफुले पनि आत्महत्या गरेको’ प्रउ खनालले बताए ।
घरभन्दा डेढ किलोमिटर पश्चिम दक्षिणमा रहेको काप्रोको रुखमा एउटै डोरीले छोरालाई झुण्डाएर हत्या गरे पछि आफुले पनि केही पर रहेको रुखमा झुण्डीएको गोरखा प्रहरीले प्रारम्भीक अनुसन्धानमा देखिएको जनाएको छ ।
डेढ महिना अगाडी मात्र श्रीमती संग सम्वन्ध बिच्छेद गरेका रानाले किन त्यसो गरे भन्ने बारेमा अनुसन्धान सुरु गरिएको प्रहरी उपरिक्षक खनालले जानकारी दिए ।
विदेशमा रहेका बेला श्रीमतीले पर पुरुष संगको सम्वन्धमा पेट बोके पछि सम्वन्ध बिच्छेद गरेका राना केही समयदेखी चिन्ताग्रस्त अवस्थामा देखिन थालेको पनि स्थानियले जानकारी दिएका छन् ।
अहिले घटना स्थलमा प्रहरी पुगेको र घटना प्रकृती मुचुल्का उठाउने काम भई रहेको प्रहरीले जनाएको छ । तिनै जनाको शव पोष्ट मार्टमका लागि गोरखा अस्पताल ल्याउने तयारी भई रहेको वडाध्यक्ष रञ्जन रिमालले जानकारी दिए ।


