साँकेितक तस्बिर
गोरखा । उत्तरी गोरखामा हिमपात सुरु भएको छ । लगातारको बर्षाले चिसो बढे संगै उत्तरी गोरखाको सामागाउँ क्षेत्रमा केही बेर अगाडीबाट हिमपात सुरु भएको छ ।
हिमपातका कारण मनास्लु हिमाल आरोही र त्यसका सहयोगीहरु समस्या पर्न सक्ने भन्दै ३ वटा हेलीकप्टर सामागाउँमा तयारी अवस्थामा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक केदार खनालले बताए । ‘मनास्लु हिमाल आरोहीलाई कुनै पनि बेला समस्या पर्न सक्ने’ भन्दै प्रउ खनालले भने ‘परिस्थितलाई मध्ये नगर गर्दै ३ वटा हेली तयारी अवस्थामा राखिएको छ ।’
प्रहरी उपरिक्षक खनालका अनुसार कैलास, सिम्रिक र एभरेष्टको १–१ वटा हेली अहिले सामागाउँमा तयारी अवस्थामा राखिएको छ ।
यो बर्ष अहिलेसम्म कै अत्याधिक पर्यटक मनास्लु हिमाल आरोहण लागि वेश क्याम्पमा पुगेका छन् । गोरखा प्रहरीका अनुसार हिजोसम्म ३६६ जना हिमालको वेश क्याम्पमा नै रहेका छन् ।
उता जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अझै केही दिन मौसममा परिवर्तन हुने भन्दै उच्च हिमाली क्षेत्रमा बसोबास गर्ने तथा हिमाल आरोहणका लागि हिमालमा पुगेकाहरुलाई सर्तकता अपनाउन भनेको छ ।
यता विश्व माझ ‘किलर माउन्टेन’ को नामले परिचित मनास्लु हिमालमा यो सिजनको १ सातामा मात्रै हिम पहिरोका कारण १ जना अमेरिकन स्की चालक सहित २ नेपाली गरी ३ जनाले ज्यान गुमाई सकेका छन् ।


