गोरखा । वडा दसैंको अवशरमा गोरखामा रहेका कैदीबन्दी र हिरासतमा रहेका १०० जना भन्दा बढीलाई टिका प्रदान गरेका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक केदार खनालले गोरखा कारागारमा रहेका केदीबन्दी र जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेकाहरुलाई टिदा प्रदान गरेका हुन ।
नेपालीहरुको महान चाडको अवशरमा कोही पनि टिका बञ्चित नहोस भन्ने हेतुले टिदा प्रदान गरिएको प्रउ खनालले बताए । ‘हिजो के गल्ती गरेर आयो त्यसमा सरोकार नराखौ’ प्रहरी उपरिक्षक खनालले भने ‘सबै नेपालीको चाड हो । यो अवशरमा कोही कसैको पनि मन खिन्न हुनुुहुन्न भनेर खुशीयालीको लागि टिका लगाई दिएको हो ।’ उनले भने ‘कालान्तरमा गल्ती गरेर आएका होलान । तर अहिले सजाय भोगेको बहानामा खुशीबाट बञ्चित गरिनु हुन्न ।’
प्रउ खनालले जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा रहेका ११ जना गोरखा कारागारमा रहेका ९५ जना गरी १०६ जनालाई टिका लगाई दिएको हो ।
खनालले हिरासत र बन्दी जिवन बिताएका १९ बर्षदेखी ८० बर्ष उमेर समूहका मानिसलाई टिका लगाई दिएको गोरखा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गोरखा कारागारमा रहेका ८ महिला र ८७ पुरुषलाई टिका प्रदान गरेका थिए ।
बन्दीहरुले सुरक्षा प्मुखबाट टिका ग्रहण गर्न पाएको खुशी ब्यक्त गरे । एकजना कैदीले भने ‘अहिले भने कारागार भन्दा पनि घरमा नै भएको अनुभव भएको छ ।’ टिका प्रदान गरेका सबैलाई जमरा र फलफुल प्रदान गरिएको थियो ।




