गोरखा । उत्तरी गोरखामा रहेको मनास्लु हिमालमा पुनः हिमपहिरो गएको छ । हिमपहिरोकै कारण साता दिन भित्रै १ जना विदेशी सहित ३ जनाको ज्यान गएको छ ।
हिजो (आइतबार) मनास्लु बेश क्याम्प १ र २ को बिचमा हिमपहिरो जादा पहिरोमा परेका ४ जना मध्ये ताप्लेजुङका ३५ बर्षिय दावा छिरिङ शेर्पा बेपत्ता भएका थिए । हिमपहिरोमा परेका ४ जना मध्ये हिजै ३ जना सम्र्पकमा आएको भएता पनि शेर्पा भने पहिरो पछि सम्र्पक बिहिन भएका थिए ।
शेर्पाका सोमबार उद्वार हुदा मृक्त अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक केदार खनालले जानकारी दिए । प्रउ खनालका अनुसार घटना लगत्तै उद्वार प्रयास भएता पनि आज मात्र शेर्पाको मृक्त शरिर फेला परेको हो ।
मनास्लु हिमालमा गएको सोमबार १० गते हिमपहिरो जादा १३ जना पुरिएका थिए । पुरिएका मध्ये संखुवासभाका अनुप राई मृक्त अवस्थामा फेला परेका थिए भने अन्यको सकुशल उद्वार गरिएको थियो ।
त्यस्तै गरी, विश्व बिख्यात अमेरिकी स्की खेलाडी हिलारी नेल्सनको पनि मस्नालु हिमालमा स्की गर्ने क्रममा असोज १२ गते ज्यान गएको थियो ।
शेर्पाको शव सिम्रीक एयरले सामागाउँमा झारेर मुचुल्का गरी राजधानीको टिचिङ अस्पताल लगेको छ । उनको त्यही नै पोष्टमार्टम हुने र आफन्तलाई शव बुझाईने गोरखा प्रहरीले जनाएको छ ।


