गोरखा । गोरखामा प्रहरीले अबैध सालको काठ बरामद गरेको छ । अजिरकोट गाउँपालिका वडा नम्बर ४ स्थित सिम्जुङ पोखरीडाँडाबाट लुकाई छिपाइ राखिएको अबस्थामा रहेको १९ थान अबैध सालको काठ बरामद गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी लिलाराज लामिछानेले जानकारी दिए ।
अज्ञात व्यक्तिहरुले अबैध रुपमा सालको काठ कटानी चिरानी गरेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय जौवारी र अस्थायी प्रहरी पोष्ट चनौटेबाट गएको प्रहरीको टोली काठ बरामद गरेको उनले बताए ।
चिरेर राखिएको अबस्था काठ बरामद भएको छ, प्रनाउ लामिछानेले भने, बरामद गरिएको काठ मुचुल्का उठाएर अनुसन्धानका लागी डिभिजन बन कार्यालय बारपाक बुझाइएको छ ।’
काठ कसले कुन प्रयोजनका लागी काटेर लुकाएर राखेको हो भन्ने बारेमा खुल्न नसकेको उनले बताए । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रनाउ लामिछानेले जानकारी दिए ।


