कैलासबावु श्रेष्ठ/गोरखा
गोरखा दरबारबाट काठमाडौंमा फूलपाती पठाइएको छ ।
गोरखा दरबार हेरचाह अड्डा र सतिपिपल क्लब गोरखाले सनिबार विहान गोरखा दरबारबाट बाजागाजासहित डोलीमा राखेर फूलपाती काठमाण्डौं पठाएको हो ।
दरबारबाट बोकेर ल्याइएको फुलपाती सतीपिपलको फूलपाती चौतारामा एक कार्यक्रम गरी बाट बा २ झ ३८८२ नम्वरको सरकारी जिपमा राखेर काठमाण्डौं लगिएको हो ।
आइतबार बिहानै दरबार क्षेत्रवरपर रहेको जंगलबाट जम्मा पारीएको केराको पात, उखुको बोट, अदुवाको बोट, बेलपत्र, धानको वाला, करीको फूल र मौषमी फूलका थुँगाहरू फुलपाती डोलीमा राखेर हनुमानढोकाको लागि पठाएको हो ।
राजधानी पठाईएको फुलपातीलाई जमलमा सरकारी टोलीलाई हस्तान्तरण गरेर हनुमान ढोका भित्राउने चलन छ ।
हनुमान ढोकामा फुलपाती भित्राए संगै आज देशैभरका सर्व साधारणले आफ्नो घरमा पनि फुलपाती भित्राउने प्रचलन रही आएको छ ।
गोरखा दरर्बारबाट गोरखा नगरपालिकाका प्रमुख कृण्णबहादुर राना मगर र प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले फुलपातीलाई बिदाइ गरेका थिए भने सतिपिपल क्षेत्रबाट गडण्की प्रदेशका उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री हरीशरण आचार्यले बिदाई गरेका थिए ।
दरर्बारबाट फुलपातीलाई धिमेबाजा र नेपाली सेनाको ब्याण्ड बाजा सहितले बिदाई गरिएको थियो ।









