गोरखा । गोरखामा पहिलो पटक आज भुजेल बिधार्थी मञ्च गठन भएको छ । गोेरखा सदरमुकाममा भुजेल बिधार्थीहरुको शनिबार सम्पन्न भएको पहिलो भेलाले करिष्मा घर्ती चयन भएकी छिन ।
भेलाले १३ सदस्सिय जिल्ला कार्य समिति (तदर्थ) गठन भएको छ । भेलाले समितिको उपाध्यक्षमा अनुप भुजेल, सचिवमा अनुजा भुजेल र कोषाध्यक्षमा निरुता घर्ती सर्वसम्मत चयन गरेको भुजेल सेवा समाजका केन्द्रीय समितिका तिर्सन भुजेलले जानकारी दिए ।
भेलाले समितिको सदस्यहरुमा समिता भुजेल, अरुण थापा भुजेल, आयुसा थापा भुजेल, अनिस घर्ती, सविना खवास, प्रकृति घर्ती, निकिता घर्ती, जेनिसा भुजेल र सुमिका भुजेल सर्वसम्मत चयन गरेको छ ।
भेलामा भुजेल समाजका केन्द्रीय सचिव तिर्सन भुजेलको प्रमुख आतिथ्यता भएको कार्यक्रममा भुजेल चलचित्रकर्मी संघका केन्द्रीय अध्यक्ष कमल भुजेल, भुजेल बिधार्थी मञ्चका केन्द्रीय अध्यक्ष ज्ञानु भुजेल लगायतको सहभागिता रहेको थियो ।


