गोरखा । गोरखामा १४ जना बृद्वबृद्वालाई सम्मान गरिएको छ । आज परेको अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवशको अवसरमा जिल्ला संघले १४ जनालाई सम्मान गरेको हो ।
शनिबार सामाजिक विकास कार्यालयको समन्वयमा जेष्ठ नागरिक संघ गोरखाले राधेश्याम मास्के ८४, बिण्णुमायाँ सिर्मल ८१, पदमजंग मल्ल ९२, होमबहादुर बस्नेत ८३ र ८५ बर्षका मानबहादुर अधिकारीलाई संघले सम्मान गरेको हो ।
सम्मानित हुने सबैलाई नगद १ हजार ५०० र दोसल्ला ओडाएर सम्मान गरिएको संघले जनाएको छ । त्यस्तै गरी, नेत्रबहादुर अधिकारी ९२, मिठुमायाँ आचार्य ८७, श्रीमायाँ आले ९२, ईन्द्रकुमारी खत्री ८३ लाई पनि सम्मान गरिएको थियो ।
जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापा मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विण्णुकुमारी बस्नेत ८१, तनकुमारी भट्टाराई ८०, लालमान श्रेष्ठ ९२, दिलकुमारी श्रृष्ठ ८७ र कृण्णबहादुर अधिकारी ८५ लाई पनि उक्त कार्यक्रममा सम्मान गरिएको थियो ।
संघका जिल्ला अध्यक्ष मोहनलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिका प्रमुख कृण्णबहादुर राना मगर, प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्य, प्रहरी उपरिक्षक केदार खनालका साथै विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीको उपस्थिती रहेको थियो ।




