गोरखा । गोरखा कारागारमा रहेका कैदीबन्दीहरुलाई दशै मनाउनका लागि भीमसेन थापा गाउँपालिकाले खसी उपलब्ध गराएको छ । गाउँपालिकाले कैदीबन्दीहरुलाई दशै मनाउन खसी उपलब्ध गराएको हो ।
‘कैदीबन्दीहरुलाई दशै खुशीसंग मनाउन सकोस् भन्ने उद्वेश्यले गाउँ कार्यपालिकाको बैठकले नै निर्णय गरेर खशी उपलब्ध गराईएको गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बञ्जाराले जानकारी दि । पालिकाले उक्त खशी २० हजार रुपैयाँ हालेर खरिद गरेको हो ।
अध्यक्ष बञ्जाराले कारागारका प्रमुख गणेश भट्टराईको उपस्थितीमा कारागारका कैदीबन्दीहरुलाई खसी उपहार दिएका हुन् ।
उनले कारागारमा रहेका कैदीबन्दीहरुलाई कारागार सजाय भोग्ने थलो मात्र नभएर सिकाई सिक्ने पाठशाला पनि भएकाले यहाँ रहदा स्वरोजगारमूलक सिप सिकाईमा लाग्न अनुुरोध पनि गरे । उनले नेपालको बर्तमान राजनीतिक परिवर्तनका लागी आफु पनि झण्डै ६ बर्ष लामो समय कारागारमा बिताएको स्मरण समेत गराए ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चित्रबहादुर अधिकारी, नेकपा माओबादी केन्द्र भीमसेन थापा गाउँपालिका पार्टी समितिका अध्यक्ष बिनोद पाण्डे लगायतको सहभागिता रहेको थियो ।
गोरखा कारागारमा अहिले ९८ जना कैदीबन्दीहरु सजाय भोग्दै आएका छन् । कारागारमा रहेका कैदीबन्दीहरुमा ९० जना पुरुष र ८ जना महिला रहेको कारागारका प्रमुख गणेश भट्टराईले जानकारी दिए ।


