स्की गर्नु पूर्व मनास्लु हिमालमा तस्बिर लिदै हिलारी
गोरखा । उत्तरी गोरखाको मनास्लु हिमालमा गएको सोमबारदेखि हराईरहेकी अमेरिकी नागरिक मृक्त फेला परेका छन् । विश्वविख्यात स्की आरोही हिलारी नेल्सन मृत अवस्थामा फेला परेकी हुन् ।
हिलारी सोमबार मनास्लुको चुचुरोबाट स्की गरेर तल झर्ने क्रममा लार्केपास वरपर एक्कासी बेपत्ता भएकी थिइन । उनको बुधबार बिहान मृत शरिर भेटिएको हो ।
नेल्सनको शव उद्धार गरी सामागाउँ ल्याएर मुचुल्का उठाएर सिम्रिक एयरको हेलिकप्टर मार्फत काठमाण्डौं पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी लिलाराज लामिछानेले जानकारी दिए । ‘उहाँको शव हिउँबाट निकालेर १२ः२५ मिनेटमा सामागाँउ ल्याई पुर्याएको थियो, उनले भने, ‘ हामीले आवश्यक प्रक्रिया पूरा गरी सिम्रिक एयरको हेलिकप्टर मार्फत काठमाण्डौंको टिचिङ अस्पताल पठाएका छौं ।’
मृतकको शवको काठमाण्डौ टिचिङ अस्पतालमा पोस्ट्मार्टम गरिने सांग्रिला नेपाल ट्रेक्स प्रालिका प्रबन्ध निर्देशक जीवन घिमिरेले जानकारी दिए । उनीसँगै स्की गर्न गएका जिम मोरिसन भने सकुशल आधार शिविरमा फर्कन सफल भएका थिए ।
हिलारी स्की गर्ने क्रममा मनाङतर्फ पर्ने भीमथाङ क्षेत्रमा हराएकी थिइन ।
नर्थफेसकी एथलेट हिलारीले सन् २०१८ मा मोरिसनसँगै स्की गर्दै ल्होप्से हिमालको चुचुरोबाट अवरोहण गर्नु सपल भएकाी थिइन । ८ हजार मिटरमाथिको २ वटा हिमालको चुचुरोबाट स्की गरेका हिलारी मनास्लु हिमालमा स्की गर्ने क्रममा ज्यान गुमाउन पुगिन ।
अमेरिकाको सियाटलमा जन्मिएकी हिलारीलाई सन् २०१८ मा नेसनल जोग्रोफिकले साहसी खेलाडीको सूचीमा राखेको थियो । सन् २००५ मा उनले चोयु हिमालको चुचुरोबाट स्की गरेकी थिइन ।




















