तस्बिर गुगल
गोरखा । मनास्लु हिमालमा स्की गर्ने क्रममा १ अमेरिकी नागरिक बेपत्ता भएका छन् । वेपत्ता भएका नागरिक हिलारी नेल्सन भएको पुष्टी भएको छ ।
हिमाल आरोण संगै स्की गर्ने क्रममा उनी सोमबारदेखी नै सम्र्पक बिहिन भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी लिलाराज लामिछानेले जानकारी दिए ।
अमेरिकाको सियाटलमा जन्मेकी हिलारी सन २०१८ को नेशनल जोग्राफीमा साहसिक खेलाडीमा सुचिकृत भएकी थिइन ।
स्की गर्दै मनाङ तर्फ झरेका हिलारीको खोजी कार्य जारी रहेको छ । हिरालीको सोमबारदेखी नै खोजी भएको भएता पनि मंगलबार साँझसम्म पनि फेला नपरेको गोरखा प्रहरीले जनाएको छ ।
हिलारीले स्की गर्ने क्रममा कुनै खोजमा अडकिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । गोरखा तर्फको लार्के पास नजिकैसम्म देखिएका उनी एक्कासी बेपत्ता भएकी थिइन ।
हिलारीले यो भन्दा अगाडी ८ हजार मिटरको २ वटा अग्ला हिमालबाट सफलता पूर्वक स्की गरेकी थिइन ।


