हिमपहिराेमा परेकाहरुकाे उद्वार पछि राजधानी लगिदै
गोरखा । मनास्लु हिमालमा गएको हिमपहिरोमा परेर मृत्यु भएका १ ब्यक्तिको शव राजधानी लगिएको छ । हिमपहिरोमा परेर मृत्यु भएका संखुवासभा घर भएका ३४ बर्षिय अनुप राईको शव राजधानी लगिएको हो ।
मंगलबार बिहानैदेखी राईको शव निकाल्ने प्रयास गरेको भएता पनि मौसममा आएको खराबीका कारण शव निकाल्न सकिएको थिएन । तर साँझपख मौसममा सुधार आए संगै राई शव आधार शिविरबाट सामागाउँ झारेर मुचुल्का पछि राजधानी पठाईएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी लिलाराज लामिछानेले जानकारी दिए ।
राईको शव राजधानीको टिचिङ अस्पतालमा लगिएको र त्यहाँ पोष्टमार्टम पछि परिवारको जिम्मा लगाउने पनि प्रहरीले जानकारी दिएको छ ।
सोमबार हिमपहिरोमा परेर १३ जना बेपत्ता भएका थिए । बेपत्ता मध्ये सोमबार नै २ जना र मंगलबार थप ७ जनाको उद्वार गरी राजधानीको कपनमा रहेको करुणा अस्पतालमा उपचारको लागि लगिएको थियो ।
हिमपहिरोमा परेर राईको भने सोमबारनै मृत्यु भएको यिथो । हिमपहिरोमा परेका अन्य ३ जना भने शकुसल नै रहेका र उनीहरु वेसक्याम्पमा काम फर्किएको पनि प्रहरीले जानकारी दिएको छ ।
विश्वको आठौं अग्लो हिमालमा पर्ने मनास्लु हिमालको उचाई ८ हजार १५६ मिटर अग्लो छ । यो हिमाललाई विश्वमाझ ‘किलर माउन्टेन’ को नामले परिचित छ ।


