गोरखा । मनकामना मन्दिर परिषरमा रहेको सत्तल पुनःनिर्माण हुने भएको छ । बिस २०७२ साल बैशाख १२ गतेको गएको बिनासकारी गोरखा भुकम्पले क्षति पुरर्याएको पुरानो सत्तल पुनःनिर्माण गर्न लागिएको हो ।
मनकामना क्षेत्र बिकास समितिले सत्तल निर्माण गर्न लागेको समितिका अध्यक्ष रामकुमार जोशीले जानकारी दिए । सत्तलको सोमबार एक कार्यक्रमका बिच मनकामना मन्दिरका मुलपुजारी इन्सान थापामगर र मन्दिरका गुठियार थकाली भीमबहादुर श्रेष्ठले संयुक्त रुपमा शिलान्यास गरेका थिए ।
‘सत्तल निर्माणका लागी ९० लाख खर्च हुने अनुमान गरिएको छ । शिलान्यास गरिएको सत्तलको काम भने दशैं लगत्तै सुरु गरिने मनकामना क्षेत्र बिकास समितिले जनाएको छ । निर्माण कार्यको थालनी भएको ७ महिना भित्रै काम सक्ने गरी सुरु गर्न लागिएको अध्यक्ष जोशीले जानकारी दिए ।
मकामना मन्दिरमा आउने भक्तजनहरुलाई असुविधा भएको भन्दै सत्तलको पुनःनिर्माण कार्यको थालनी गरिएको हो । नयाँ बन्ने सत्तल पुरानो संरचना भन्दा अलि फरक हुने पनि समितिले जनाएको छ ।


