सन्दर्भ तस्बिर
गोरखा । मनास्लु हिमालमा गएको हिमपहिरोमा परेका मध्ये १२ जनाको उद्वार गरिएको छ । हिमपहिरोमा परेर अर्का १ जनाको भने मृत्यु भएको छ । मौसममा आएको परिवर्तनका कारण मृक्तकको शव निकाल्न सकिएको छैन ।
गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका १ को सामागाउँमा पर्ने मनास्लु हिमालमा सोमबार हिमपहिरो जादा सोलुखुम्बु जिल्लाका किनु पेम्वा बर्ष ३५ र फुर्ते शेर्पा बर्ष २९, संखुवासभा जिल्लाका सुकमान तामाङ बर्ष २७, निमा शेर्पा बर्ष २७, निमादोर्जे शेर्पा बर्ष ४०, दावा शेर्पा बर्ष २५, दोलखा घर भएका फुरिता शेर्पा बर्ष ४०, लाक्पा तामाङ बर्ष ३७ र जितबहादुर शेर्पा बर्ष ४४ लाई सकुशल उद्वार गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी लिलाराज लामिछानेले जानकारी दिए ।
उनका अनुसार संखुवासभाका सुकमान तामाङ र दोलखाका जितबहादुर शेर्पाको सोमबार नै उद्वार गरेर उपचारको लागि राजधानी लगिएको थियो । आज उद्वार गरिएका ७ जनालाई पनि राजधानीको कपनमा रहेको करुणा अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।
मंगलबार उद्वार गरिएका मध्ये ४० बर्षिय निमादोर्जे शेर्पाको भने अवस्था गंभिर रहेको प्रनाउ लामिछानेले जानकारी दिए ।
हिमपहिरोमा १३ जना परेको भएता पनि ३ जना भने स्वास्थ्य नै रहेको र आधार शिविरमा नै बसेर काम थालिसकेको पनि गोरखा प्रहरीले जानकारी दिएको छ ।
हिमपहिरोमा नै परेर संखुवासभा जिल्ला घर भएका अर्का अनुप राईको भने मृत्यु भएको छ । उनको शव आज पनि हिमपहिरोबाट निकाल्न नसकेको प्रहरीले जनाएको छ । ‘मौसम पनि बिग्रन थाल्यो’ प्रनाउ लामिछानेले भने ‘केही तल खोजमा शव भएकोले निकाल्न गारो भयो ।’ उनले भने मृक्तक राईको शव लिनका लागि भोली पनि बेशक्याम्पमा हेलि आउने छ ।
हिमपहिरोमा परेकाहरुको उद्वारको लागि सिम्रीक एयरको २ वटा र कैलास र एभरेष्ट एयरको १–१ हेली परिचालन गरिएको थियो ।


