तस्बिर गुगल
गोरखा । मनास्लु हिमालमा गएको हिमपहिरोमा पुरिएका मध्ये १ जनाको मृत्यु भएको छ भने १० जनाको सकुशल उद्वार गरिएको छ । पहिरोमा परेका ११ जना मध्ये २ जना भने सामान्य भएकाले उनीहरु आधार शिविरमा नै बसेर काम गरिरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
पहिरोमा परेर संखुवासभाका अनुप राईको मृत्यु भएको हो । उद्वार गरिएका मध्ये सोमबार जितबहादुर शेर्पा र सुकबहादुर तामाङको राजधानीको कपनमा रहेको करुणा अस्पतालमा उपचार भई रहेको छ ।
आज (मंगलबार) बिहानैदेखी उद्वार टोलीले हिम पहिरोमा परेका मध्ये निमा दोर्जे शेर्पा, दावा शेर्पा, फुरिता शेर्पा, लाक्पा तामाङ, निमा शेर्पा र फुर्ते शेर्पाको उद्वार गरेर सामागाउँ झारेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक केदार खनालले जानकारी दिए ।
मंगलबार बिहान उद्वार गरिका सबैलाई उपचारको लागि राजधानीको करुणा अस्पताल लगिएका छ । उद्वारका लागि बिहानैदेखी सिम्रिक एयरको २ र कैलास र एभरेष्ट एयरको १–१ हेलिकप्टर परिचालन गरिएको थियो ।
मृक्तक राईको शव वेशक्याम्पबाट राजधानीको टिचिङ अस्प्ताल लाने तयारी भईरहेको छ । राईको शवको टिचिङ अस्पतालमा नै पोष्ट मार्टम हुने पनि गोरखा प्रहरीले जनाएको छ ।
विश्व प्रसिद्व मस्नालु हिमाल पहिलो पटक ईस १९५६ मा तासिओ इमानिसी (जापानी नागरिक) र ग्याल्जेन नोर्बुले संयुक्त रुपमा चढेका थिए । ८ हजार १५६ मिटर अग्लो यो हिमाल विश्वकै ८औं र नेपालको ७औं अग्लो हिमाल भित्र पर्छ ।
मनास्लु हिमाललाई विश्व माझ ‘किलर माउन्टेन’ रुपमा चिनिदै आएको छ ।




















