सन्दर्भ तस्बिर
गोरखा । उत्तरी गोरखामा रहेको मनास्लु हिमालमा गएको हिम पहिरोबाट पुरिएका मध्ये २ जनाको उद्वार गरिएको छ । उद्वार गरिएका दुवै जनाको उपचारको लागि हेली मार्फत राजधानी लगिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
नाम खुल्न नसकेका दुवै जनाको अवस्था चिन्ताजनक भएको सामागाउँ प्रहरीले जानकारी दिएको छ । दुवै जनाको अनुहार चिन्ने नसक्ने अवस्थामा फेला परेका थिए ।
फेला परेका दुवै जनालाई सिम्रीक एयरको हेली मार्फत सामागाँउ झारीएको र लगत्तै कैलास एयर मार्फत राजधानी लगिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक केदार खनालले जानकारी दिए ।
गोरखा प्रहरीका अनुसार शनिबारसम्म मात्रै पनि मनास्लु हिमाल चढ्न गएका ३३३ जना विदेशी पर्यटक आधार शिविर पुगिसकेका छन् ।
हिमपहिरोमा परेर दावा शेर्पा, पुरित शेर्पा, निङमा दोर्जे शेपा, लाक्पा तामाङ र जितबहादुर शेर्पा बेपत्ता भएका थिए ।
विश्व माझ ‘किलर माउन्टेन’ भनेर चिनिने मनास्लु हिमालको उचाई ८ हजार १५६ मिटर अग्लो छ । यो सिजनमा मात्रै ३८ समूहले हिमाल चढ्न सरकार संग अनुमती पाएको छ ।


