गोरखा । उत्तरी गोरखामा रहेको मनास्लु हिमालमा हिम पहिरो जादा ५ जना घाईते भएका छन् । घाईतेको अहिले सिम्रीक र कैलास एयरले उद्वार प्रयास जारी राखेको छ ।
घटना लगत्तै उद्वारका लागि पुगेको दुवै हेलीले घाईतेको उद्वार प्रयास जारी राखेको छ । मौसममा अचानक परिवर्तन आएका कारण हेलिले घाईतेलाई उद्वार गर्न नसकेको सामागाउँ प्रहरी चौकीले जनाएको छ ।
हिम पहिरोमा परेर दावा शेर्पा, पुरित शेर्पा, निङमा दोर्जे शेर्पा, लाक्पा तामाङ र जितबहादुर शेर्पा घाईते भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । प्रहरीले घाईतेको नाम कैलास एयर मार्फत प्राप्त भएको हो ।
मनास्लु आरोहणका लागि यो बर्षको यो सिजनमा मात्रै ३८ वटा समूहले अनुमती लिएको थियो ।
८ हजार १५६ मिटर अग्लो मनास्लु हिमाललाई विश्व भर ‘किलर माउन्टेन’को नामले जानिन्छ ।




















