गोरखा । एकीकृत अखिल नेपाल शिक्षक संगठन गोरखा नगर कमिटी द्वारा बिजयदशमीको अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
सोमबार गोरखाको पार्टी कार्यालय पाटेचौरमा भएको शुभकामना आदान प्रदान कार्यक्रममा गोरखा नगरपालिका भित्रका शिक्षक संगठनका प्रमुख एंबम प्रतिनिधीहरुको सहभागितामा रहेको थियो ।
चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथी नेकपा माओबादीका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका पुर्ब कृषि मन्त्री लेखबहादुर थापाले सामाजिक पर्बलाई तडक भडक र अनाबश्यक खर्च नगरीकन सभ्य ढंगबाट मनाउन सबैलाई अपिल गरे ।
उनले अब संसदीय र प्रदेश निर्वाचनमा पाटीको पक्षमा बढी भन्दा बढी जनमत बटुल्ने गरी लाग्न पनि थापाले शिक्षक संगठनलाई आग्रह गरेका थिए ।
कार्यक्रममा शिक्षक संगठनका केन्द्रीय सदस्य बाबुराम बिक, गोपालबाबु मरहठ्ठा, पार्टीको गण्डकी प्रदेश सदस्य दिलबहादुर सेन्चुरी र अकुर तिमिल्सेना (आयाम) लगाएतले मन्त्वय ब्यक्त गरेका थिए ।


