सन्दर्भ तस्बिर
गोरखा । गोरखा सदरमुकाममा रहेको गोरखाकाली मन्दिर र गोरखनाथ गुफामा जमरा राख्ने काम सकिएको छ । मन्दिरमा १२ माना र गुफामा ८ मानाको जमरा राखिएको गोरखा दरर्बार हेरचाह अडले जनाएको हो ।
शाह वंशिय राजाहरुको कुल देवताको रुपमा पुजीएको गोरखाकली मन्दिर र गोरखा नाथ गुफामा सोमबार शुभ साईत अनुसार बिहान १०ः२३ बजे जौको जमरा राख्ने काम सकिएको छ ।
गोरखकाली मन्दिर र गोरखनाथ गुफामा जमरा राखिए संगै देशैभरका सर्व साधारणहरुले आ–आफ्नो घरको पुजा कोठामा जमरा राख्ने प्रचलन समेत रही आएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक बिकास समितिले सार्वजनिक गरेको शुभ साईत सोमबार बिहान १०ः२३ बजे गोरखाकाली मन्दिरको गर्भ गृहमा १२ माना जौको जमरा राखिएको मन्दिरका मुल पुजारी सारदाप्रसाद भट्टराईले जानकारी दिए ।
त्यस्तै गरी, दरर्बार परिषर भित्रै रहेको गोरखनाथ गुफामा समेत आज नाथ संप्रादायका मानिसहरुले जमरा राख्ने चलनचलि आएको छ ।
गुफामा भने ८ माना जौको जमरा राखिएको गोरखनाथ गुफाका मुल पुजारी प्रदिपनाथ योगिले जानकारी दिए ।
दुवै स्थानमा राखिएका जमरा दशमीको दिनमा भक्तजनहरुले लिएर घरको जमरा संग मिसाएर फुल प्रसादको रुमा शिरमा लगाउने गर्दछन् । यसो गर्दा देवी र गुरु शिरमा रही रहने जन विश्वास रही आएको छ ।


