फाईल तस्बिर
गोरखा । हिन्दु नेपालीहरुको महान पर्व बडा दशैंको पहिलो दिन आज घटस्थापना । यही दिन गोरखा दरर्बारमा रहेको कालिकादेवीलाई कैलास कोठाबाट गर्भ गृहमा सार्ने काम सम्पन्न भएको छ ।
पराम्परा पूर्वकालदेखी आजको दिन देवीलाई कैलासकोठाबाट गर्भ गृह (पुजा कोठा)मा सार्ने प्रचलन अनुसार बिहान ५ः३० बजेको शुभ साईतमा देवीलाई सारेर देवीथापना गरिएको गोरखा दरर्बारका मुल पुजारी सारदाप्रसाद भट्टराईले बताए । ‘अरु बेला कैलासकोठामा रहने देवीलाई आज गर्भ गृहमा सारेर देवीथापना गरिएको’ भन्दै मुल पुजारी भट्टराईले भने ‘अबको नवरात्र भरी त्यही पुजा कोठामा राखेर देवीको विशेष पुजा गरिन्छ ।’
ऐतिहासिक तथा पुरातात्विक महत्वको गोरखा दरर्बारमा बिहानी साईतमा देवी सार्ने काम संगै देशैभर दशैंको उत्सव मनाउने गरिन्छ । परम्परा अनुसार बिहान पर नारीको रै देखिने अवस्थामा देवीलाई कैलासकोठाबाट गर्भ गृहमा ल्याउने चलन चली आएको छ ।
त्यसरी देवीलाई सार्ने क्रममा भक्तजनहरुले उल्लासका साथ देवीको जयजयकार गर्ने चलन पनि चलि आएको छ । देवी सार्ने क्रममा दरर्बार परिषरमा भित्रै २ तोपको सलामी दिने चलन पनि कायम नै रहेको छ ।
उक्त कार्यक्रममा गोरखा नगरपालिकामा प्रमुख कृण्णबहादुर राना मगर, प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्य तथा जिल्लाका अन्य सुरक्षा निकायका प्रमुखका साथै सर्व साधारणको उल्लेखिय उपस्थिती रहेको थियो ।
आजै गोरखाकाली र गोरखनाथ गुफामा जौको जमरा राखिदै
तात्कालीन अवस्थामा शाह वंशिय राजाहरुको कुल देवताको रुपमा पुजीएको गोरखाकली मन्दिर र गोरखा नाथ गुफामा आज शुभ साईतमा जौको जमरा राखिदै छ ।
गोरखकाली मन्दिर र गोरखनाथ गुफामा जमरा राखिए संगै देशैभरका सर्व साधारणहरुले आफ्नो पुजा कोठामा जमरा राख्ने प्रचलन समेत रही आएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक बिकास समितिले सार्वजनिक गरेको शुभ साईत अनुसार सोमबार बिहान १०ः२३ बजे गोरखाकाली मन्दिरको गर्भ गृहमा १२ माना जौको जमरा राखिने मुल पुजारी भट्टराईले जानकारी दिए ।
त्यस्तै गरी, दरर्बार परिषर भित्रै रहेको गोरखनाथ गुफामा समेत आज नाथ संप्राययका मानिसहरुले जमरा राख्ने चलन चलि आएको छ ।
गुफामा भने ८ मानाको जौको जमरा राखिने मुल पुजारी प्रदिपनाथ योगिले जानकारी दिए ।
दुवै स्थानमा राखिएका जमरा दशमीको दिनमा भक्तजनहरुले लिएर घरको जमरा संग मिसाएर फुल प्रसादको रुमा शिरमा लगाउने गर्दछन् । यसो गर्दा देवी र गुरु शिरमा रही रहने जन विश्वास रही आएको छ ।



