काठमाण्डौं । काठमाण्डौं महानगरपालिका–३ बसुन्धारास्थित सडकमा ट्याक्सीले ठक्कर दिदा गोरखाका १ जना युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गोरखा जिल्ला बारपाक सुलिकोट गाउँपालिका ३ घर भएका ३१ बर्षिय राजु गुरुङ भएको प्रहरी प्रभाग तिलिङ्गेटार जानकारी दिएको हो ।
शनिबार राती बा. २ ज ११९२ नम्बरको ट्याक्सीले बा. ९१ प ५४०३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चलाएका गुरुङ गंभिर घाईते भएका थिए । गुरुङको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा राती नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरी प्रभाग तिलिङ्गेटारमा कार्यरत गुरुङ प्रहरी कार्यालय सहयोगी थिए । ट्याक्सी चालकलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।


