गोरखा । बारपाक सुलिकोट गाँउपालिकास्थित ताकुमाझलाकुरीबोट स्वास्थ्यचौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
वाईसीएल नेपालका केन्द्रीय सदस्य सह—प्रवक्ता युवा समाज सेवी धिरज उपरकोटीको पहलमा वडा नं. ५ मा रहेको स्वास्थ्यचौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।
वितरण गरिएको सामग्रीमा डिजिटल बिपि २ सेट, ५० लिटरको अक्सिजन सिलिन्डर ४ थान, माक्स २०० थान, थर्ममिटर ४ थान, गलप्स १०० थान, सेनिटाइजर २०० मिलि लिटर, सर्जिकल क्याप ५० थान, गाउन २५ सेट, गम बुट ३ थान, अक्सिजन रेगुलेटर ४ थान, अक्सिजन सिलिन्डर कि १ थान गरी ११ थरीका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको सह—प्रवक्ता उपरकोटीले जानकारी दिए ।
उपरकोटीले भोलिका दिनमा पनि अन्य स्वास्थ्य सामग्रीसहित बिकास निर्माण योजना कार्यान्वयनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
वडाध्यक्ष शिव खड्का, स्वास्थ्यचौकी प्रमुख केसाव गिरी, स्वाथ्यचौकी ब्याबस्थापन सदस्य महेन्द्र गुरुङ, अन्य स्वास्थ्यचौकी कर्मचारीहरूको उपस्थितमा उक्त स्वाथ्य सामग्रीहरू स्वास्थ्यचौकीलाई हस्तान्तरण गरिएको थियो ।


