गोरखा । गोरखा जिल्ला भित्र कृषि पूर्वाधार र पर्यटन बिकासको सम्भावना बारे स्थानीय तहहरुसंग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
गोरखा बिकास मञ्च काठमाण्डौको आयोजना तथा जिल्ला समन्वय समिति गोरखाको समन्वयमा भएको कार्यक्रममा जिल्ला भित्रका २ नगरपालिका र ५ गाउँपालिकाको सहभागिता रहेको थियो ।
कार्यक्रममा गोरखा जिल्ला भित्र पूर्वाधार बिकासको अबस्था र सम्भावना बिषयमा बिज्ञ जगत सिंखडाले कार्यपत्र प्रस्तुत गरेको थियो ।
त्यस्तै कृषि क्षेत्रको बिकास र सम्भावनाका अबस्थाका बिषयमा कृषि बिशेषज्ञ सुरज पोखरेल र पर्यटन क्षेत्रको बिकास र सम्भावनाका बिषयमा रामेश्वर कंडेलले कार्यपत्र प्रस्तुत गरेका थिए ।
अन्तरक्रिया कार्यक्रममा चुमनुव्री गाउँपालिका, धार्चे गाउँपालिका, आरुघाट गाउँपालिका र सिरानचोक गाउँपालिकाको भने उपपस्थिती रहेन ।
कार्यक्रममा जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापामगर, गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत लगायत स्थानीय तहका कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो ।


