गोरखा । गोरखमा ट्याक्टर दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ ।
जिल्लाको अजिरकोट गाऊँपालिका वडा नम्वर २ को ओलाङमा ट्रयाक्टर दुर्घटना हुँदा सिरानचोक गाउँपालिका छोप्राक घर भएका चालक २७ वर्षका विक्रम श्रेष्ठको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
ग. १ त ४५७४ नम्वरको ट्रयाक्टर गए राती ११ बजेतिर दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख बेदनाथ भण्डारीले जानकारी दिए ।
सुपर चेपे हाइड्रोपावरको सिमेण्ट बोकेर आयोजना स्थलतर्फ जाँदै गर्दा ट्याक्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।


